माईजोगमाई गाउँपालिका वडा नं ५ मा रहेका ४ वटा बिद्यालयहरूको गाउँपालिका अध्यक्ष कुश वहादुर थेवे उपाध्यक्ष प्रविना राई शिक्षा शाखा प्रमुख करूणा नेपाल शिक्षा शाखाका कर्मचारी रविन नेपाल लयातको टिमबाट विद्यालयको भौतिक ,शैक्षिक पक्षहरूको अनुगमन भएको छ ।
सोयाङमा रहेको पूर्ण ज्योति आधारभूत बिद्यालय , सिंहदेवी आधारभूत बिद्यालय , मलुपोखरी आधारभूत बिद्यालय र शिरिसे माध्यमिक बिद्यालयको उक्त टिमले अनुगमन गरेको हो ।
बिद्यालयमा बिद्यार्थीहरूको शैक्षिक अवस्था , विधार्थीहरूलाई बिद्यालय आउदा आईपर्ने समस्याहरू लगायतको बिषयमा साथै शिक्षकहरूको बिद्यालयमा उपस्थिति शिक्षकहरूको शैक्षिक क्रियाकलाप लगायतको बिषयमा अनुगमन भएको हो । अनुगमन सगै कक्षा नर्सरी देखि कक्षा ५ सम्मका बिद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरू समेत गरिएको थियो । यसैगरी शिरिसे माबिमा रहेका कक्षा ६ देखि कक्षा १० सम्मका बिद्यार्थीहरूलाई छात्र र छात्रा छुट्टाछुट्टै राखी उनिहरूको समस्या बिद्यालयमा भएका समस्या उनिहरूको रुचि लगायतको बिषयमा बिद्यार्थीहरूसग अन्तरक्रिया समेत गरिएको थियो ।
माईजोगमाई गाउँपालिकाको ३३ वटा सामुदायिक बिद्यालय मध्ये १७ वटा सामुदायिक बिद्यालयमा पालिका अध्यक्ष उपाध्यक्ष पुगेर त्यहाको समग्र पक्षको अनुगमन गरिसक्नु भएको छ भने बाकी बिद्यालयरूमा क्रमश अनुगमन गरिने समेत शिक्षा शाखाले जानकारी दिएको छ ।