शशीकला स्मृति पत्रकारितारलेखन पुरस्कार इलामका पत्रकारद्वय रोशन काफ्ले र खेमराज ढकाललाई प्रदान गरिने भएको छ ।
आज इलाममा बसेको सहिद स्मृति प्रतिष्ठानको दोस्रो बैठकले उक्त पुरस्कार पत्रकारद्वय काफ्ले र ढकाललाई दिने निर्णय गरेको प्रतिष्ठानका सचिव जीवन शर्मा ढुङ्गानाले बताए ।
१० वर्षे सशस्त्र द्वन्द्वक्रममा इलामकै भूमिमा ज्यान गुमाएकी पत्रकार शशीकला शर्माको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको थियो ।
यसअघि यो पुरस्कार इलामका पत्रकारहरु रीता राराहाङ, भगीरथ भण्डारी र चेतन आङ्थुपोलाई प्रदान गरिएको थियो । भोलि आयोजना गरिने कार्यक्रममा पुरस्कार प्रदान गरिने सचिव शर्माले बताए ।
add a comment