माईजोगमाई सेरोफेरो

माईजोगमाईमा दुर्ब्यसनी बिरुद्दको सचेतना कार्यक्रम

माईजोगमाई खवर संवाददाता

माईजोगमाई गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा अमर कल्याण माबि नयाँबजारमा कक्षा ६-१० का बिद्यार्थीहरुलाई दुर्ब्यासनी बिरुद्दको सचेतना कार्यक्रम  समापन भएको हो । बिद्यार्थीहरु दुर्ब्यसनमा नलागुन भनेर बिद्यालयमा नै गएर माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे शिक्षा शाखा प्रमुख करुणा नेपाल ईलाका प्रहरी कार्यलय नयाँबजारका प्रमुख कुल प्रसाद सापकोटा शिक्षा शाखा माईजोगमाईका रविन नेपाल बिद्यालयका बिद्यार्थीहरु लगायतको उपस्थितिमा  सचेतनामुलक कार्यक्रम भएको हो ।
बिद्यार्थीहरुलाई सहि बाटो मात्र रोज्नुपर्छ गलत बाटोमा कहिले जानु हुदैन सहि बाटोमा लागेमा भविश्य उज्वल रहेको साथै कसैको कुरामा लागेर गलत कार्य नगर्न र समाजलाई राम्रो तर्फ लानको लागि बालबालिकालाई सहि बाटोमा हिड्नको लागि कार्यक्रममा बोल्दै माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले बताउनुभयो ।
कार्यक्रममा सहजीकरण माईजोगमाई गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका करुणा नेपाल , प्याङ प्राथमिक स्वस्थ्य केन्द्रका दिलिप उराउ र ईलाका प्रहरी कार्यलय नयाँबजारका कुल प्रसाद सापकोटाले सहजीकरण गर्नुभएको थियो ।
बिद्यार्थीहरुलाई दुर्ब्यसन के हो ? यसको प्रयोग किन नगर्ने , यसबाट कस्तो कस्तो असरहरु गर्छ , समाजमा यस बाट बच्न के गर्ने यसको कानुनी कुरा के छ यसले स्वस्थ्यमा कस्तो असर गर्छ लगायतको बिषयमा सहजिकरण भएको थियो ।
बुधबार उक्त कार्यक्रम शिवमाई मावि प्रेमेजुङमा पनि रहेको शिक्षा युवा तथा खेलकुद शाखा माईजोगमाईले जानकारी दिएको छ ।

Leave a Response