कोशी प्रदेशलाई लिम्बूवान प्रदेशका रुपमा नामाकरण गर्नुपर्ने आवाज उठाउँदै आएको किरात याक्थुम चुम्लुङले इलाममा लिम्बू साँस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ । आगामी फागुन २५ गते देश भित्र र बाहिर रहेका लिम्बू जन्य संघ संगठनहरुका प्रतिनिधिहरु ‘आदिवासी याक्थुङ÷ लिम्बू साँस्कृतिक महोत्सव २०८०’ का लागि इलाममा सहभागी हुने किरात याक्थुङ चुम्लुङले जनाएको छ ।
चुम्लुङले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव तथा चुम्लुङको २५ औं राष्ट्रिय चुम्लुङमा कोशी प्रदेशलाई पुनःनामाकरणका लागि लिम्बुवान, किरात विषयमा साझा धारणा अगाडि ल्याइने चुम्लुङका महासचिव निरन्ती तुम्बापोले बताइन् ।
महोत्सवमा भने दुईसय च्याब्रुङ प्रर्दशनी, धाननाच, पालाङ, जातीय भेषवूशा प्रर्दशनी हुनेछ । महोत्सवमा चुम्लुङले इलामसहित पाँचथर, ताप्लेजुङ, झापा लगायत १५ जिल्लामा रहेका चुम्लुङका शाखा, विदेशमा रहेका १९ शाखाका प्रतिनिधि सहभागी रहने जनाएको छ ।(संदकपुर अनलाईन)