१४ औ राष्टरपति रनिङ शिल्ड प्रतियोगितामा शिरिसे माबिका विद्यार्थी भएनन् पदक बिहिन।
✍️ माईजोगमाई खवर संवाददाता / १६ फागुन ,२०८०
माईजोगमाई गाउपालिका वडा नं ५ मा रहेको शिरिसे माबिका बिद्यार्थीहरू गाउपालिका स्तरिय राष्ट्रपति छनौट प्रतियोगितामा छनौट भई मिति २०८०/११/१२ गतेबाट १४ गते सम्म माङसेबुङ गाउपालिकाको डोलटारमा संचालित १४ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा माईजोगमाई गाउपालिकाको तर्फबाट सहभागी भई प्रथम, दोस्रो र तेस्रो पदक प्राप्त गरेका छन् ।
साथै जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौट भएका बिद्यार्थिहरूको हौसला बढाउनको निमित्व बिद्यालयका शिक्षक तथा कर्मचारीरू श्री चुडा बहादुर राई , इन्द्र बहादुर नेपाल , दाफुटी शेर्पा र भिम बहादुर सुवेदी बाट रु २५०० का दरले आर्थिक सहयोग समेत गर्नुभएको छ, साथै माईजोगमाई गाउपलिका वडा नं ५ सोयाङ साबिक सोयाङ ३ का भारतीय आर्मीका रिटायार्ड क्यप्टेन गजेन्द्र बहादुर लिम्बू बाट खेलाडीहरूलाई रु ४००० आर्थिक सहयोग गर्नुभएको थियो ।
बिद्यालयबाट सहभागी खेल्लाडि सनिता राईले १५०० मिटर दौडमा स्वर्ण पदक , ३००० मिटर दौडमा रजत पदक र ४*४०० मिटर रिले दौडमा स्वर्ण पदक हात पारिन् भने बन्दना बेगाले ४*४०० मिटर रिले दौडमा स्वर्ण पदक, ज्याव्लिङ थ्रोमा कास्य पदक प्राप्त गरिन् । नुमा तिवारीले ४*४०० मिटर रिले दौडमा स्वर्ण पदक , ८०० मिटर छात्रा दौडमा कास्य पदक हात पारिन् । सोनु लिम्बुले ४*४०० मिटर रिले दौडमा स्वर्ण पदक हात पारिन् । एलिना राईले ४*१०० रिले छात्रा दौडमा रजत पदक हासिल गर्दै बिद्यालयको त्फबाट २ स्वर्ण २ रजत र २ कास्य पदक हात पार्दै माईजोगमाई टिमलाई थप अगाडि बढाएको बिद्यालयका प्रधानाध्यपक नर बहादुर राईले जानकारी दिएका छन् ।