माईजोगमाई सेरोफेरो

मेलमिलाप सम्बन्धी ८ दिने तालिम माईजोगमाई गाउँपालिकामा सम्पन्न

माईजोगमाई खवर संवाददाता / १६ फागुन ,२०८०

माईजोगमाई गाउँपालिकामा न्यायिक समिति अन्तरगत मेलमिलाप सम्बन्धी ८ दिने तालिम माईजोगमाई गाउँपालिकामा सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिका न्यायिक समितिका संयोजक तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत वडा नं ४ का वडाध्यक्ष डुरन देवान वडा नं ५ का वडाध्यक्ष निर्मलध्वज राई वडा नं ६ का वडाध्यक्ष दिपेश सोङ्मी कार्यपालिका सदस्य राम कुमारी परियार तथा  ६ वटा नै वडाबाट आउनु भएका मेलमिलाप कर्ताहरु लगायतको उपस्थितिमा कार्यक्रम समापन भएको हो ।

माईजोगमाई गाउँपालिकाले तालिम संचालनको लागि अवसर प्रदान गरेकोमा मानव अधिकार मञ्च ईलामकी गायत्री थेगीमले आभार प्रकट गर्नुभयो । सुरुको दिनमा तालिम लामो जस्तो भएपनि तालिम सफलता पूर्वक सम्पन्न भएको र गाउँपालिका टिमले हरेक क्षेत्रबाट तालिम सम्पन्न गर्न सहयोग गरेकोमा सहजकर्ताले पालिका प्रति धन्यवाद समेत ब्यक्त गर्नुभयो ।

मेलमिलाप कर्ताहरु भए पछि वडाका जनप्रतिनिधिहरुलाई मेलमिलाप गराउन सहज भएको र वडामा रहने साना साना बिवादहरुलाई सहजै मिलाउनको लागि मेलमिलाप कर्ताहरुको ठूलो भूमिका रहने वडाध्यक्षहरुले बताउनुभयो ।

बदलिएको राजनैतिक ब्यवस्था बमोजिम स्थानिय तह तल्लो लेवलको सरकार रहेको र सरकारका अंगहरु ब्यवस्थापिका ,कार्यपालिका र न्यायपालिका मध्येको एक अंगको रुपमा रहेको न्यायिक समितिले गाउँपालिकामा न्यायिक निरुपणको काम गर्ने गरेको र यो तालिम लिएपछि मेलमिलाप कर्ताहरुले साना साना बिवादहरु वडामा नै मिलाउन सक्ने कुरा कार्यक्रममा बोल्दै माईजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताउनु भयो ।

माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको जन्मदिन समेत कार्यक्रम समापनकै दिन परेको र सम्पूर्ण गाउँपालिका टिमले सर्पाईज दिएको समेत कार्यक्रमका प्रमुख अतिथि कुश बहादुर थेवेले बताउनु भयो । ८ दिन सम्म प्राप्त तालिमलाई समाजमा लगेर जाने र मेलमिलापमा सहयोग हुने । बिभिन्न किसिमका बिवादहरुलाई सहज र निपक्ष रुपमा मिलाउनको लागि तालिमले सघाउ पुग्ने माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले बताउनुभयो ।

कार्यक्रममा न्यायिक समिति सयोजक तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले मेलमिलाप कर्ताहरुका लागी समय सापेक्ष तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु गरिरहुनपर्ने भन्दै वडा वडाबाटै विवादको निरुपण गर्न मेलमिलाप कर्ताहरुले भुमिका खेल्दै आउनुभएको बताउनुभयो । तालिममा सक्रिय रुपमा सहभागि हुनुभएकोमा सहभागीहरुलाई र सहजकर्ताहरुलाई आयोजकको तर्फबाट संयोजक प्रविना राईले धन्यवाद ब्यक्त गर्नुभयो ।

तालिम समापनको अवसरमा सहजकर्ताहरुलाई मेलमिलापकर्ताहरुले सम्मान पत्र समेत प्रदान गरेका दिए भने गाउँपालिकाको तर्फबाट पनि मेलमिलाप कर्ताहरुलाई प्रसंशा पत्र प्रदान गरिएको थियो । साथै सहभागीहरुलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो ।

तालिमको सहजिकरण मावन अधिकार मञ्च ईलामका मन कुमार बराईली र गायत्री थेगीमले सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको संचलन माईजोगमाई गाउँपालिका उजुरी प्रशासक श्याम सेम्बोले संचालन गर्नुभएको थियो ।

Leave a Response