खेलकुद

इलाम गोल्डकप : राष्ट्रिय खेलाडीले भरिएको एनआरटीसंग खेल्दै रेडहर्स

प्रथम इलाम गोल्डकपको पहिलो सेमीफाइनल खेलमा आज घरेलु टोली रेडहर्स एफसी र ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी ) काठमाण्डौ खेलमण्डल भिड्दैछन् । उपाधिको दाबेदारको रुपमा हेरिएको दुवै टोलीले आजको खेल कम्तीमा ३ लाखको लागि खेल्नेछन् ।

पाहुना टोली मानेभञ्ज्याङ एफसी दार्जिलिङलाई ४–० गोल अन्तरको सहज जित निकाल्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो । एनआरटीले बागमती युथ क्लब विरुद्ध संघर्षपुर्ण जितका निकालेको थियो । जितका लागि एनआरटीले पेनाल्टी सुटआउटको सहारा लिनुप¥यो ।

इलामको जितमा कप्तान नवयुग श्रेष्ठले ह्रयाट्रिक पुरा गरे । उत्सव राईले गोल गरेका थिए । आजको खेलका कप्तान नवयुग टिममा हुनेछन् । तर उत्सव आज इलामको टिममा देखिने छैनन् । २३ औ संस्करणको आहा राराका लागि उत्सव पोखरा गएका छन् ।

पहिलो खेलमा नवयुगका लागि उनले गोलको अवसरहरु सृजना गरिदिएका थिए । इलामसंग ए डिभिजन लिग र एनएसएलका अनुभवी खेलाडी शरण बस्नेत, विशाल तामाङका साथमा विनोद धमला, पुष्कर दाहाल, पिकेश लोक्ताम, विवेक मगर हुनेछन् ।

मानेभञ्ज्याङ विरुद्ध डिफेन्स लाइन सम्हालेको पुर्व राष्ट्रिय खेलाडी छिरिङ गुरुङ आजको खेलमा हुनेछन् । न्युरोड टिमबाट बागमती विरुद्ध खेलेका सवै खेलाडीहरु उपलब्ध हुनेछन् । एनआरटीबाट नेपाली उमेर समुह र सिनियर टोलीको अनुभव बटुलेका खेलाडीहरु हुनेछन् ।

राष्ट्रिय टिमको अनुभव बटुलेका सुमित श्रेष्ठ, रन्दिप पौडेल, अशोक थापा, राजिव लोप्चन, जय गुरुङ, पुजन होना, मोहित गुरुङका साथमा अफ्रिकी गोलरक्षक प्रिसो जाङ्गा, फ्लोरेन्ट कोरा, ओलउ, जोन ग्लोरी समेत हुनेछन् ।

प्रतियोगिताको मंगलबारको खेलमा नेपाल सुपर लिग (एनएसएल) क्लब बुटबल लुम्बिनीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै पाँचथर फुटबल क्लबले सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । निर्धारित समयमा पाँचथरका कप्तान रोशन आङदाम्बे र सिमान्त थापाले गोल गरे । बुटबलका लागि स्टेफेन न्याम र मार्टिनले गोल गरे ।

Leave a Response