माईजोगमाई
तेस्रो लभ्ली नकआउट फुटबलको फाइनल खेल सम्पन्न भएको छ । इलामको माईजोगमाई २ खोल्मेको शारदा आधारभूत विद्यालयको खेलमैदानमा गत कार्तिक २३ बाट संचालनमा रहेको फुटबल फाइनलको उपाधीका लागि BFC बांगिन र MYC मानेडाडा बिच भएको थियो । फाइनलको उपाधी MYC मानेडाडाले जितेको छ । पहिलो हाफ बराबरी खेलेको दुवै टिमले दोस्रो हाफमा ७/३ गोल अन्तरले BFC बांगिनलाई हराउदै उपाधी माथी कब्जा जमाएको हो।
माईजोगमाई लभ्ली युवा क्लबका उपाध्यक्ष शुकबहादुर लेप्चाको अध्यक्षतामा सम्पन्न फाइनल खेलको प्रमुख अतिथि इलाम निर्वाचन क्षेत्र नं १ का सांसद महेस बस्नेतको प्रमुख आतिथ्यता विशेष अतिथि माईजोगमाई गाउपालिका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष प्रविना राई विशेष अतिथि माइजोगमाई गाउपालिका २ नं वडाका वडाध्यक्ष डम्बरबहादुर सुवेदि ,नेकपा एमाले इलाम जिल्ला सचिव उमेश गुरुङ ,नेपाल पत्रकार महासंघ इलाम उपाध्यक्ष सुनिता खालिङ राई वडाका जनप्रतिनिधिहरु विभिन्न पार्टीका प्रतिनिधिहरु समाजसेवी ,प्रहरी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै एमाले इलाम जिल्ला सचीव उमेश गुरुङले
स्थानिय खेल क्षेत्रमा स्थानिय तहहरु लाग्नु पर्ने बताए । फुटबललाई पर्यटनमा जोडन सकिने बताउदै खेल मैदानलाई स्तरिय बनाउन सबै लाग्नु पर्ने बताए ।
वडाध्यक्ष डम्बरबहादुर सुवेदीले माईजोगमाई २ लाई चिनाउन खेलकुदले महत्वपूर्ण भुमिका खेलेको बताउदै खोल्मेको खेल मैदानलाई व्यवस्थित गर्न वडा , पालिका र जिल्लाले पहलकदमी गर्नुपर्ने बताए।
खेल समापन कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष प्रविना राइले गाउपालिकाको तर्फबाट खेल क्षेत्रमा रकम विनियोजन गरेको र अब आउदा दिनमा अझै सहयोग गर्दै लैजाने बताउदै खेल क्षेत्रमा लगानी गर्दै जाने बताइन ।
कार्यक्रमका प्रमुख अतिथी तथा इलाम निर्वाचन क्षेत्र नं १ का सांसद महेश बस्नेतले फाइनल पुग्ने दुवै टिमलाई शुभकामना दिदै खेल क्षेत्रमा आवश्यक कुराहरु छलफल गरेर यहाँ बिकास निर्माणका कार्यहरुलाई निरन्तर अगाडि बढाउने बताए साथै बस्नेतले देश आर्थिक मन्दिका बिचबाट गुज्रीरहे पनी आफुले बिकास निर्माणका क्षेत्रमा सक्ने जति सहयोग गर्ने बताए । पछिल्लो समय फुटबल खेलले आर्थिक क्षेत्रमा धेरै ठूलो सहयोग पुर्याउदै गएको र खेलमा लगानि गर्न तिनै तह लाग्नुपर्ने जिकिर गरे ।
बिजेता MYC मानेडाडाले नगद ३० हजार ३ सय ३० ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता BFC बांगिनले २० हजार २ सय २० ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो । विधागत खेलाडीहरुमा उत्कृष्ट गोल रक्षक लब्ली क्लबका सन्दिप लेप्चा ,सर्वाधिक गोलकर्ता मलुमझुवाका लवकुश राई ,सर्बोत्कृष्ट खेलाडी MYC मानेडाडाका शेखर राई ,उत्कृष्ट डिफेन्डर BFC बांगिनका सौरभ कार्की र उदयमान खेलाडी मलुमझुवाका सन्देश राई घोषित भए । खेलको बिजेता उपविजेता टिमलाई प्रमुख अतिथी तथा विशेष अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । स्वागत मन्तव्य लभ्ली युवा क्लबका सचिव संजिव खड्काले गरेका थिए भने कार्यक्रम संचालन प्रदिप खड्काले गरेका थिए ।