खेलकुद

शिवरात्री गोल्डकपको उपाधि देवान फुटबल क्लबलाई

✍️ माईजोगमाई खवर संवाददाता

 

माईजोगमाई गाउपालिका वडा नं ६ प्याङमा संचालन भईरहेको शिवरात्री गोल्डकपको फाईनल खेल आज समापन भएको छ।

प्याङ खेलकुद बिकास समितिका अध्यक्ष दोर्जी सेर्पाको अध्यक्षता तथा माईजोगमाई गाउपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यतामा साथै माईजोगमाई गाउपालिका उपाध्यक्ष प्रविना राई वडाध्यक्षहरू वडा नं ३ का वडाध्यक्ष राम घिमिरे , वडा नं ४ का वडाध्यक्ष डुरन देवान , वडा नं ६ का वडाध्यक्ष दिपेश सोङ्मी , प्रदेश फुटबल संघका उपमहासचिव पूर्ण छत्र , वडाका जनप्रतिनिधिहरू कर्मचारीहरू , खेलप्रेमी लगायतको बाक्लो उपस्थितिमा खेल समापन भएको हो ।

खेलमा माईजोगमाई गाउपालिका र संदकपुर गाउपालिका बिच महिलाहरूको मैत्रीपूर्ण खेल समेत सम्पन्न भएको हो । मैत्रीपूर्ण खेलमा संदकपुर गाउपालिकाले १ गोल गर्दै खेलको बिजेता भएको थियो ।

शिवरात्री गोल्डकपको उपाधिको लागि देवान फुटबल क्लब र नामसालिङ फुटबल क्लव ( यल्मो फुटबल क्लव ) बिच खेल भएको थियो खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन सकेको थिएन खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।ट्राईबेकरमा ३ का बिरूद्द ४ गोल गर्दै देवान फुटबल क्लवले शिवरात्री गोल्डकपको उपाधी हात पारेको थियो ।

प्रथम हुने देवान फुटबल क्लबले नगत रू ५०००० साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पारेको थियो ।
दोस्रो हुने नामसालिङ फुटबल क्लबले नगत रू ३०००० साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पारेको हो साथै सर्वाधिक गोल कर्ता देवान पुटबल क्लबका बेनुप देवानले खेल अवधिभरमा ४ गोल गर्दै सर्वाधिक गोलकर्ता घोषित भई आक्रषक ट्रफी हात पारे , बिबेक सुनामले सर्वोकृष्ट खेल्लाडी घोषित हुँदै आकर्षक ट्रफी हात पारे साथै नामसालिङ फुटबल क्लबका झरण राईले उदयमान खेल्लाडीको रूपमा आकर्षक ट्रफी हात पारे ।

खेलको प्रत्यक्ष प्रशारण माईजोगमाई खवरको फेसबुक पेजबाट भएको हो ।
खेलको अन्य भिडियो सामाग्री अर्को पोष्टमा आउने छ ।

Leave a Response