बुद्धशान्ति १ स्थित आनन्देस्वर शिव मन्दिरमा चापागाँइ परिवार द्वारा शिव पार्वती प्रतिमा हस्तान्तरण
ज्ञानु भट्टराई / झापा

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित श्री आनन्देस्वर शिव मन्दिर गुरूकुल पाठशालामा महाशिवरात्रि पर्वको अवसर पारेर मन्दिरमा शिव पार्वती र गणेशको प्रतिमाको अनावरण गरिएको छ ।
शुक्रवार महाशिवरात्री पर्वको अवसर पारेर बुद्धशान्ति गाउँपालिका वडा नं १ निवासी हाल राष्ट्रिय भुमी आयोगका शाखा अधिकृत साथै बुद्धशान्ति गाउँपालिका पुर्व प्रमुख प्रशासकिय अधिकृत ईन्द्र प्रसाद चापागाँइ साथै श्रीमती जानुका चापागाँइ स परिवारको तर्फ पिता बुद्धशान्ति १ निवासी स्व. नन्दप्रसाद चापागाँईको स्मृतिमा २ लाख ८४ हजार बराबरको शिव पार्वती साथै गणेशको मुर्ति अनावरण गर्नु भएको हो ।
२०२७ सालमा विभिन्न दाता महानुभावहरूको आर्थिक सहयोगमा निर्माण गरि स्थापन भएको आनन्देस्वर शिव मन्दिरमा आज वाट यज्ञशालाको पनि उत्घाटन गरिएको छ ।मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष पलमान बरालको अध्यक्षतामा भएको अनावरणमा राष्ट्रिय भुमि आयोग शाखाका अधिकृत इन्द्र प्रसाद चापागाँइको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रतिमा दाता परिवारलाई आयोजक परिवारको तर्फबाट सम्मान समेत गरिएको थियो ।आनन्देस्वर शिव मन्दिर समितिका सदस्य हरि कृष्ण तिम्सिनाले कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत साथै कार्यक्रममको औचित्य माथि प्रकाश पार्दै यश वर्ष पनि विभिन्न सहयोगी दाता महानुभाव वाट संकलन भएको ५ लाख बराबरको रकमले मन्दिरको सभाहलमा टायल्स लगाउने काम हुुँदै गरेको बताउनु भयो। भने दाता परिवारको तर्फबाट आफ्ना भनाई राख्नु हुदै चापागाँइले बुद्धशान्ति गाउँपालिकाको प्रमुख प्रशासकिय रहँदा पनि बुद्धशान्ति गाउँपालिकाको विकास विस्तार र प्रबर्धनमा आफुले सकेसम्म काम गरेको साथै आगामी दिनहरूमा पनि जागिरको सिलसिलाले जहाँ गएपनी बुद्धशान्तिको विकास निर्माणको कुरामा आफुले सकेको पहल साथै सहयोग सधै रहने बताउनु भयो ।
बिहानै वाट भक्तजनहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सन्चालन मन्दिर सन्चालन समितिका सदस्य पुर्ण प्रसाद सन्जेले गर्नु भएको थियो ।