राष्ट्रियसमाचार

इको चिया उत्पादक सहकारी संस्थाको नव निर्बाचित सदस्यहरुको सपथग्रहण तथा पद हस्तान्तर कार्यक्रम सम्पन्न

इलामको रोङ गाउपालिकामा सञ्चालित इको चिया उत्पादक सहकारी संस्थाको नव निर्बाचित सदस्यहरुको सपथग्रहण तथा पद हस्तान्तर कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रममा नव निर्बाचित अध्यक्ष उपाध्यक्ष सदस्य तथा लेखा सदस्यहरुलाई निर्बाचन उपसमिति संयोजक प्रेमराज गुरुङले सपथ ग्रहण गराउनु भएको थियो ।

यसरी सपथ ग्रहण गर्नेहरुमा अध्यक्ष रनबहादुर गुरुङ उपाध्यक्ष लिलादेबी खवास सहित सञ्चालक समितिमा ९ जना र लेखा संयोजक नारायण प्रसाद आचार्य सहित ३ जना रहनु भएको छ । गत मंसिर २६ गते सम्पन्न साधारण सभाबाट निर्बाचित हुनु भएका पदाधिकारीहरुका लागि सपथ ग्रहण कार्यक्रम भएको हो ।

सपथ ग्रहण कार्यक्रमलाइ सम्बोधन गर्दै रोङ गाउपालिका अध्यक्ष सुवास तामाङले सहकारीले उत्पादनमा बृद्दि गर्न जोड दिनु भयो । बचत संकलन गर्ने धेरै सहकारी छन् तर सदस्य सँग नगद छैन, नगदमा बचत जम्मा गर्न नसक्ने हरुको लागि सहकारीले जिन्सी पनि बचत को रुपमा लिनु पर्ने बताउनु भयो । नव निर्बाचित अध्यक्ष रणबहादुर गुरुङले सदस्यको मन बिचार र भावना अनुरुप कार्यक्रम गरिने बताउनु भएको छ ।

कार्यक्रममा पूर्व अध्यक्षहरु खिलबहादुर गुरुङ लेखनाथ निरौला, चन्द्रबहादुर राई , लेखा संयोजक नारायण प्रसाद आचार्य उपाध्यक्ष लिला देबी खवास लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो ।

संस्थाका ब्यवस्थापक गणेश अर्यालको सञ्चालन रहेको कार्यक्रम निर्बाचन उपसमिति संयोजक प्रेमराज गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Response