समाचार

इलामका प्रमेश भ्वाईस अफ नेपालको फाइनलमा

माईजोगमाई खवर

इलामलाई कुनै बेला संगितको राजधानी मानिने गरिन्थ्यो । इलामले थुप्रै पुराना श्रष्टा कलाकारहरु जन्माई सकेको छ भने धेरै नयाँ अनुहारहरु पनि अहिले सांगितिक क्षेत्रमा उदाइरहेका छन । अहिले नेपाली रियालीटी सो The voice of nepal सिजन ६ चल्दैछ । त्यही the voice मा इलामे गायक प्रमेश राईको चर्चा सुरुबाट नै निकै नै छ ।उनै प्रमेश अहिले टिम राजुबाट अन्तिम प्रतिस्पर्धीको रुपमा फाइनल राउन्डमा सुरक्षित भैसकेका छन । इलाम रोङ गाउँपालिका वडा ६ सन सिटि भिलेज सलकपुरका प्रमेश सामान्य परिवारमा हुर्किएका हुन । पुर्ण बहादुर राई र रेनुका तामाङको कोखबाट २०६० सालमा जन्मिएका प्रमेशलाई आफ्ना आमाबुवाले खेती किसान गरेर हुर्काए ।

हिमालयन टेलिभिजनमा प्रत्येक शुक्रबार र शनिबार साझ ८ बजेबाट दिने रियालीटी सो मा ४ कोचहरु मध्ये कोच राजुको टिमबाट तथा हजारौ प्रतिस्पर्धीहरुलाई पछि पार्दै डिजिटल राउन्ड , ब्लाइन्ड राउन्ड , लाइभ राउन्ड हुँदै फाइनल राउन्डमा पुगेका छन प्रमेश । उनी २०७५ सालबाट औपचारिक संगित शिक्षा सिक्न थालेका हुन । झापा बिर्तामोडमा रहेको सरगम संगितालयमा दिपक रायमाझी सँग संगित सिकेका राइले अहिले काठमाडौ स्थित पुरानो बानेश्वरमा रहेको धुन कला केन्द्रमा कैलाश राई सँग संगित सिक्दै गरेको प्रमेशले बताए । हाल संगितकै विषयमा व्याचलर गर्दओ गरेका प्रमेशले आफ्नो जिल्लावाशीहरुलाई भोट दिएर The voice को उपाधी जिताउन आग्रह समेत गरेका छन ।

प्रमेशकै स्थानीय तह रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले प्रमेश देशकै उत्कृष्ट प्रतिभा रहेको भन्दै उनैले यो प्रतियोगिता जित्ने विश्वास व्यक्त गरे । उनले प्रमेशलाई भोट दिएर जिताउन पनि सबैमा आग्रह गरे ।
गत सिजनको उपाधी पनि इलामकै विनोद राईले जितेका थिए ।

Leave a Response