माईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

अधिकार मञ्च ईलामको माईजोगमाई गाउपालिकामा संचालन भएको परियोजनाहरूको सार्वजनिकरण कार्यक्रम माईजोगमाई गाउपालिकामा सम्पन्न

सामाजिक रूपान्तरणका लागि युवा भन्ने मुल नाराको साथ मानव अधिकार मञ्च ईलामको माईजोगमाई गाउपालिकामा संचालन भएको परियोजनाहरूको सार्वजनिकरण कार्यक्रम आज माईजोगमाई गाउपालिकामा सम्पन्न भएको छ ।

माईजोगमाई गाउपालिका भरी रहेका १७२ जना उद्यमीहरूलाई विभिन्न किसिमको सीप बिकास तालिम दिईएको छ । जसमा गाईपालन तालिममा ४३ जना महिला र ४६ जना पुरूष गरि ८९ जनाले तालिम लिएका छन् । मौरीपालन तालिममा ३ जना महिला र ६ जना पुरूष गरि ९ जनाले तालिम लिएका छन् ।बाख्रा पालनमा २७ जना महिला र १५ जना पुरूष गरि ४२ जनाले तालिम लिएका छन् । बंगुर पालनमा १३ जना महिला र ४ जना पुरूष गरि १७ जनाले तालिम लिएको र वेमौसमी तरकारी खेतिमा ७ जना महिला र ८ जना पुरूष गरि १५ जनाले सीप बिकास तालिम लिएका छन् ।

विभिन्न उद्यमधिलता सम्बन्धि कामहरू गर्दै आएको मानव अधिकार मञ्चबाट माईजोगमाई गाउपालिकामा रहेका ९१ जना महिला र ७३ जना पुरूष गरि जम्मा १६४ जनाले लाभ लिएका छन् । जसमध्ये गाईपालनमा ४६ जना महिला र ४० जना पुरूष गरि ८६ जनाले लाभ लिएका छन् । मौरी पालनमा ३ जना महिला र ६ जना पुरूष गरि ९ जनाले लाभ लिएला छन् । बाख्रा पालनमा २६ जना महिला र १५ जना पुरूष गरि ४१ जनाले लाभ लिएका छन् । बंगुर पालनमा ९ जना महिला र ५ जना पुरूष गरि १४ जनाले लाभ लिएका छन् । वेमौसमी तरकारी खेतिमा ७ जना पुरूष र ७ जना महिला गरि १४ जनाले लाभ लिन सफल भएका छन् ।
तालिम लिएका युवाहरूलाई तालिम पश्चात ब्यावसाय सुरूवातकर्ताहरूलाई सामाग्री सहयोग गरेको मानव अधिकार मञ्च ईलामले बताएको छ ।

German Cooperation ( BMZ) कोष दाता रहेको र प्रमुख साझेदार AWO International मानव अधिकार मञ्च नेपाल ईलाम साझेदार संस्था तथा माईजोगमाई गउपालिका सगँको समन्वयमा माईजोगमाईमा विभिन्न किसिमका परियोजनाहरू संचालन भएको हो ।

मानव अधिकार मञ्च ईलामको माईजोगमाई गाउपालिकामा रहेको डेक्स समेत माईजोगमाई गाउपालिकालाई हस्ताणतरण भएको छ ।

कार्यक्रम माईजोगमाई गाउपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष प्रविना राई ,गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवत प्रसाद रेग्मी, वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, युवा संजालका प्रतिनिधिहरू मानव अधिकार मञ्च ईलामका कार्यकारी प्रमुख मानव अधिकार मञ्च ईलामका कर्मचारी सुरक्षाकर्मी गाउपालिकाका विभिन्न शाखाका कर्मचारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको संचालन मानव अधिकार मञ्च ईलामका सुरेश पोर्तेलले गर्नुभएको थियो ।

Leave a Response