समाचार

पाँच जना प्रतिस्पर्धिलाइ उछिन्दै सन्जोग साङपाङ स्कुल क्याप्टेनमा बिजयी

✍️गणेश अर्याल / रोङ


मतपत्र, मतपेटीका, मतदाता नामावली सबै हेर्दा लाग्थ्यो यो हालै सम्पन्न सघीय निर्बाचनकै मतदान केन्द्र हो । तर सघीय चुनाब नभएर यो त बिद्यालयको क्याप्टेन छान्नको लागि भएको निर्बाचन हो । यस्तै झल्को आज इलाको रोङ गाउपालिकामा देखियो ।

रोङ ६ रम्याङगको सरस्वती माध्यमिक बिद्यालयमा स्कुल क्याप्टेन र उपक्याप्टेन छान्नको लागि भएको निर्बाचनमा यस्तो दृष्य देखिएको थियो । ५ जना प्रतिस्पर्धिलाइ उछिन्दै सन्जोग साङपाङ स्कुल क्याप्टेनमा बिजयी भएका छन् र

बिद्यालयमा स्कुल क्याप्टेन र उप क्याप्टेन छनौटको लागि गरिएको निर्बाचनमा क्याप्टेनमा कक्षा ९ मा अध्ययन रत छात्र सजोग साङपाङले निकर्तम प्रतिस्पधि बिन्ध्या प्रधानलाई पाच मतले उछिनेका थिए । बिन्ध्याले २९ मत पाउदा सजोगले ३४ मत ल्याएका थिए ।यसैगरि उप क्याप्टेनमा स्पर्स राईले ५२ मत पाउदा उनका निकर्तम प्रतिस्पधी दुुर्गा प्रधानले ४८ मत पाएका थिए ।भने उपकप्तानमा दुई मत खाली छाडिएको थियो ।
कक्षा २ देखी कक्षा १० सम्मका कुल १ सय १५ मतदाताहरु रहेकोमा १ सय दुई मत खसेकोमा क्याप्टेनमा १ मत बदर भएको थियो ।


 

Leave a Response