समाचार

इलाममा ट्रक–स्कुटर ठोक्किँदा दुईको मृत्यु

माईजोगमाई खवर

इलाम नगरपालिका–९ भञ्ज्याङ गोलास्थित मेचिराजमार्गमा आज दिउँसो भएको ट्रक–स्कुटर दुर्घटनामा दुई युवकको मृत्यु भएको छ। झापाबाट इलामतर्फ आइरहेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर आपसमा ठोक्किँदा स्कुटरमा सवार दुवै युवक गम्भीर घाइते भएका थिए।

घाइतेहरूमा इलाम नगरपालिका–९ गोलबस्तीका २६ वर्षीय डेविट थापा मगर, पेटमा गम्भीर चोट लागेका कारण र माईजोगमाई–१ नयाँबजारका १८ वर्षीय छेवाङ शेर्पा टाउको तथा खुट्टामा चोट लागेको कारण उपचारका लागि जिल्ला अस्पताल इलाम ल्याइएका थिए।

तर उपचारका क्रममा आजै १५:४५ बजे दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक चालक इलाम नगरपालिका–५ बिब्ल्याटे निवासी २५ वर्षीय राम प्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Response