अमर कल्याण नमुना माबिमा माईजोगमाईका तारा भट्टराईले निर्माण गरे सरस्वती माताको मन्दिर
माईजोगमाई खवर

माईजोगमाई गाउँपालिका वडा नं १ नयाँबजारका तारा भट्टराई र उहाँको परिवारले अमर कल्याण नमुना माबि नयाँबजारमा सरस्वति माताको मन्दिर बनाएर बिद्यालयलाई हस्ताणतरण गरिएको छ । आज एक कार्यक्रम गरि मन्दिरको उद्घाटन गरिएको हो ।
बि.स २०११ सालमा सन्त श्री बालागुरूले स्थापना गर्नुभएको बिद्यालयमा आजसम्म सरस्वति माताको मन्दिर निर्माण भएको थिएन ।
समाजसेवी भट्टराईले बिद्यालयमा सरस्वति माताको मन्दिर निर्माण गरेपछि बिद्यालयको सोभा समेत बढेको छ ।
बिद्यालयका प्रधानाध्यापक धन बहादुर भण्डारी , माईजोगमाई गाउँपालिका वडा नं १ का वडाध्यक्ष तथा बिव्यस अध्यक्ष याम कुमार कार्की , बिद्यालयका शिक्षक, स्थानिय अभिभावक , स्थानिय बुद्दिजिवीहरू, समाजसेवीहरू लगायतको उपस्थितिमा सरस्वति माताको मन्दिर बिद्यालयलाई हस्ताणतरण गरिएको हो ।
add a comment





