माईजोगमाई सेरोफेरो

माईजोगमाईमा राहत सामाग्री बितरण

माईजोगमाई खवर

माईजोगमाई गाउँपालिकामा आज एक कार्यक्रमका बिच राहत सामाग्री वितरण गरिएको छ ।
माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेको अध्यक्षतामा राहत सामाग्री बितरण गरिएको हो । राहत वितरण कार्यक्रममा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राई , वडा नं १ का वडाध्यक्ष याम कुमार कार्की , राहत बितरण पालिका स्तरिय समितिका पदाधिकारीहरू , विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू तथा वडाबासीहरूको उपस्थितिमा आज राहत बितरण गरिएको हो ।

Starfund काे वितीय सहयाेग, किर्डाक नेपाल र हुसाडेक नेपाल धनकुटाकाे मुख्य साझुदारी आयाेजना र मानव अधिकार मञ्च नेपाल इलामकाे समन्वयमा माईजोगमाईको ६ वटै वडामा निम्न सामाग्री बितरण भएको हो ।
१. ५५ परिवारलाई खानेपानीकाे पाइप ३०० मिटरकाे दरले
२. ७३ परिवारलाई ब्लाङकेट र डसना
३. ५० परिवारलाई हाइजिनकिट (बाल्टी, जग टावेल, साबुन, ब्रस, सेनिटरी प्याड लगायत १५ किसिमकाे दैनिक प्रयाेग हुने सामाग्री )
४. ५० परिवारलाई पाेषण (सुत्केरी वा गर्भवती वा बालबालिका वा जेष्ठ नागरिक हुनुपर्ने)
पालिकाभरीमा जम्मा २२८ परिवारलाई ढुवानी बाहेक दस लाख ७२ हजार दुइसय आठ रूपयाँ बराबारकाे सहयाेग गरिएको मानव अधिकार मञ्च इलामका कार्यक्रम फाेकलपर्शन भक्त थामीले जानकारी दिनुभयो ।

यसैगरी आज ईलाम ग्रिन मिडिया प्रालिको संयोजनमा विभिन्न देशमा छरिएर रहेका नेपालीहरूले ईलाम ग्रिनको खातामा जम्मा गरेको रकमबाट माईजोगमाईका बाढी पिढीतहरूलाई मलम पट्टि लगाउनको लागि निम्न सामाग्री बितरण गरिएको हो ।
खानेपानीको पाईप २० mm को २४ क्वाईल
फाईबरको सिरक ५० थान
सोलार लाईट ३० थान  बितरण गरिएको हो ।

Leave a Response