समाचार

जीवन विकास लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय नँयाबजारले प्याङका पहिरो पिढितको लागि काजक्रिया खर्च वापत रु.२०००० वितरण सगै रु.११५७८९.२६ ऋण समेत मिनाहा

जीवन विकास लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय नँयाबजारले गत २०८२ असोज १८ गते रातीको विनासकारी प्राकृतिक प्रकोप पहिरोबाट क्षेतिग्रस्त संस्थाको कार्यक्षेत्र भित्र रहेको माईजोगमाई गाँउपालिका वडा नम्बर १ को २ घर , वडा नम्बर ३ को १ घर र वडा नम्बर ६ को १ घर गरि जम्मा ४ घर परिवारलाई खाधन्न सामग्री,ओढ्ने ओछ्याउने,त्रिपाल लगाएत आवश्यक सामग्रीहरु सहयोग गरेको छ । साथै शाखाको केन्द्र नम्बर ०१६ नवखोला जीवन विकासको सक्रिय सदस्य सरला लिम्बु, निजको श्रीमान् धनवल सोङमी , ससुरा बमि ध्वज सोङमी , सासु बुद्धमाया सोङमी र छोरी प्रकृति सोङमी गरि ५ जनाको गत असोज १८ गते रातीको विनासकारी पहिरोले घर बगाउदा दुखद निधन भएकोेले मृत आत्माको चिर शान्तिको कामना गर्दे श्रद्धान्जली व्यक्त गर्दै संस्थाको तर्फबाट परिवारलाई काजक्रिया खर्च वापत रु.२०००० वितरण गर्नुका साथै रु.११५७८९.२६ ऋण समेत मिनाहा गरेको छ ।

Leave a Response