समाचार

माइजोग्माईमा आर्ट अफ लिभिङको राहत वितरण: १६ प्रभावित परिवारलाई खाद्य सामग्री सहयोग

माइजोग्माईमा आर्ट अफ लिभिङको राहत वितरण: १६ प्रभावित परिवारलाई खाद्य सामग्री सहयोग
इलाम ।
अविरल वर्षाका कारण प्रभावित बनेका इलाम जिल्लाको माइजोग्माई गाउँपालिका वडा नं. १ का १६ घर परिवारलाई आर्ट अफ लिभिङ इलामले खाद्य सामग्रीसहितको राहत वितरण गरेको छ।
गएको असोज १८ र १९ गते आएको भारी वर्षाका कारण घरमा क्षति पुगेका तथा समस्यामा परेका परिवारहरूलाई लक्षित गर्दै आर्ट अफ लिभिङका अभियन्ताहरूले यो सहयोग गरेका हुन्।
राहत सामग्री गाउँपालिका अध्यक्ष, स्थानीयवासी र बुद्धिजीवीहरूको उपस्थितिमा जोरखर्कको खेल मैदानबाट वितरण गरिएको थियो। राहत सामग्रीमा चामल, नुन, तेल, नुहाउने साबुन, र स्वास्थ्य रहनका लागि टुथब्रश तथा पेस्ट लगायतका अत्यावश्यक वस्तुहरू समावेश थिए।
विपत्तिको यो घडीमा राहत पाएपछि स्थानीयवासीले आर्ट अफ लिभिङ इलामलाई धन्यवाद व्यक्त गरेका छन्।

Leave a Response