
स्थानीय समाजसेवी, उद्यमी तथा लायन्स क्लब अफ काठमाडौं शम्भला (जिल्ला ३२५ L) का उपाध्यक्ष मुकेश भण्डारीले इलाम नायबजार प्रहरी चौकीलाई करिब ५० हजार रुपैयाँ बराबरको फर्निचर हस्तान्तरण गर्नुभएको छ।
सहयोग स्वरूप उहाँले प्रहरी चौकीलाई स्टिल दराज, स्टिल टेबल र प्रमुख कुर्सी उपलब्ध गराउनुभएको हो।
कार्यक्रममा बोल्दै भण्डारीले भन्नुभयो– “समाज सुरक्षित राख्न प्रहरी बलियो र सक्षम हुनु जरुरी छ। प्रशासन कमजोर हुँदा हामी सुरक्षित रहन सक्दैनौं । ‘Gen Z’ आन्दोलनको समयमा एक दिन मात्र प्रहरीले काम रोक्दा कस्तो अवस्था आयो भन्ने हामी सबैले देखिसकेका छौं। हामी नागरिक आफैं पनि नागरिक प्रहरी हौं, त्यसैले प्रहरीलाई सहयोग गर्नु हाम्रो दायित्व हो।”
भण्डारी नायबजारमै निर्माण गरिएको नेपालको सबैभन्दा अग्लो भगवान गणेशको प्रतिमा (२१ फिट) का प्रवर्तक हुनुहुन्छ । साथै, उहाँले नायबजारस्थित बालगुरु संस्कृत गुरुकुललाई विद्यार्थीहरूको शैक्षिक स्तर उकास्नका लागि चाँडै नै एक थान स्कुटर उपलब्ध गराउने घोषणा पनि गर्नुभएको छ। प्रहरी चौकीले फर्निचर पाउँदा खुसी व्यक्त गर्दै स्थानीय अगुवाहरूले भण्डारीको योगदानले प्रहरी–समुदाय सम्बन्ध अझ मजबुत बनेको प्रतिक्रिया दिएका छन्। हाल काठमाडौंमा बसोबास गर्दै आएका भण्डारी निरन्तर आफ्नो जन्मभूमि नायबजारसँग भावनात्मक र सामाजिक रूपमा जोडिनुहुन्छ। उहाँका यस्ता सकारात्मक कार्यहरूले समाजमा शान्ति, सद्भाव र सहयोगको संस्कृति फैलाउने विश्वास गरिएको छ।





