साहित्य

डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ भदौ २० गते सार्वजनिक हुने

माईजोगमाई खवर

डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ सार्वजनिक हुने भएको छ । यही भदौ २० गते शुक्रबार ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा कल्प सार्वजनिक हुनेछ । उनले काव्यलाई बौद्धिक र प्राज्ञिकहरूको मात्रै साँघुरो कब्जाबाट बाहिर निकालेर जेनजी पुस्तासम्म पुर्‍याएका छन् । विषयको समसामिकता, भाषिक सरलता तर त्यही सरलतामा उच्चस्तरको दार्शनिक चेतना उनका विशेषताका रुपमा लिइन्छ ।

यसअघि उनका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशित छन् । लम्सालले कल्पका लागि झण्डै पाँच वर्ष खर्चिएको बताएका छन् । कल्प शिखा बुक्सले प्रकाशन गरेको छ । शिखा बुक्सका पुष्पराज पौडेलका अनुसार कल्प वैश्विक चेतनाका साथ आएको छ ।

विगत ४० वर्षदेखि गीत र कवितामै रमाइरहेका लम्सालको यो चौथो महाकाव्य र नवौं कृति हो ।

Leave a Response