खेलकुद

बालाचतुर्दशी कप २०८१ को दोस्रो दिनको खेलमा शंखाबुङ युथ क्लब र हाईभोल्टेज एफसी नयाँबजार क्वटर फाईनलमा प्रवेश

माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा जारी बालाचतुर्दशी कप २०८१ मा आज पनि २ खेल हरु सम्पन्न भएको छ । आज भएको पहिलो खेलमा हन्टर एफसीलाई पराजित गर्दै शंखाबुङ युथ क्लबले ४/३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । पहिलो हाफमा अग्रता बनाएको हन्टर एफसिले दोस्रो हाफमा अग्रता बचाउन नसक्दा अघिल्लो राउन्डमा पुग्न सकेन ।

त्यस्तै आजै भएको दोस्रो खेलमा हाईभोल्टेज एफसी नयाँबजारले ज्योती एफसी माईजोगमाई २ लाई ५/२ गोल अन्तरले पराजी गर्यो । पहिलो हाफ अग्रता बनाएको ज्योती एफसिले दोस्रो हाफमा ३ गोल खायो । हाइभोल्टेजको तर्फबाट सागर लिम्बू , लोकेश निरौला, राजमान लिम्बुले १/१ गोल गरे भने निशान राईले २ गोल गरे यता ज्योतीको तर्फबाट समीर चम्लिङले व्यक्तिगत २ गोल गरे ।

भोलि पनि दुई खेलहरु हुदैछ। भोलिको पहिलो खेल आर आर सि माईजोगमाई ६ र नामसालिङ एफसी माईजोगमाई ३ बिच हुनेछ भने दोस्रो खेल रेड डेभिल्स नयाँबजार र फोस्टर एफसी माईजोगमाई २ बिच हुनेछ ।

बालाचतुर्दशी मेला आयोजक समितिले आयोजना गरेको माईजोमाई क्लब स्तरीय पुरुष फुटबलको विजेता टिमले नगद रु ५० हजार , ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद रु ३० हजार ,ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बालाचतुर्दशी कपको फाइनल खेल आगामी मंसिर १९ गते सम्पन्न हुनेछ ।

Leave a Response