माईजोगमाईमा आजबाट सुरुभएको बालाचतुर्दशी कपको उद्घाटन खेलमा माईजोगमाई फुटबल क्लबले जित हासिल गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ । मझुवा युनाइटेड र माईजोगमाई फुटबल क्लब बिच भएको खेलको पहिलो हाफमा अग्रता बनाएको माईजोगमाई फुटबल क्लबले दोस्रो हाफमा पुनः एक गोल गर्यो तर दोस्रो हाफमा अग्रतालाई जोगाउन सकेन बराबरी गोल गर्दै मझुवा युनाइटेडल खेललाई अतिरिक्त समयमा धकेलियो ।
माईजोगमाईको तर्फबाट दिवस थेबेले खेल चलेको एक मिनेट पनि नबित्दै गोल गरे भने दोस्रो हाफमा लवकुश राइले गोल गर्दै दोब्बरको अग्रता बनाए , तर डि बकस एरियामा बिरेन लिम्बुले फउल गरेपछी पेनाल्टीमा सन्दिप राइले गोल गर्दै मझुवालाई खेलमा अग्रता घटाए । पहिलो गोल गरेको एक मिनेट नबित्दै मझुवाका कप्तान अगम राइले गोल गर्दै खेललाई बराबरिमा ल्याए ।
दुवै टिमले दुई / दुई गोल गरेपछी खेल अतिरिक्त दस मिनेट थपिएको थियो , तर अतिरिक्त समयको खेल संचालन भएको एक मिनेटमै माईजोगमाईको तर्फबाट निशान राइले गोल गर्दै आफ्नो टिमलाई जित दिलाए ।
त्यसै आजै दोस्रो खेल पूर्व क्षितिज सोयाङले वकओभर पाएर अर्को चरण प्रवेश गर्यो । टप सेभेन उपस्थित नभएपछी पूर्व क्षितिजले वक ओभरमा जितेको हो ।
बालाचतुर्दशी मेला आयोजक समितिले आयोजना गरेको माईजोमाई क्लब स्तरीय पुरुष फुटबलको विजेता टिमले नगद रु ५० हजार , ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद रु ३० हजार ,ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बालाचतुर्दशी कपको फाइनल खेल आगामी मंसिर १९ गते सम्पन्न हुनेछ ।