समाचार

साना किसान कृषि सहकारि पशुपतिनगरको १० औ साधारण सभा सम्पन्न

✍️ रोशन काफ्ले

साना किसान कृषि सहकारी पशुपतिनगर इलामको १०औ साधारण सभा सम्पन्न भएको छ । सूर्योदय नगरपालिका २ र ३ नं वडालाई कार्य क्षेत्र बनाइ संस्थाले २०८०/८१ को प्रतिबेदन प्रस्तुत गरेको हो । प्रतिबेदन अनुसार कुल ३ करोड ६० लाख ९८ हजार आठसय दुई रुपैया आय ब्याय प्रस्तुत गर्दै कार्यक्रम सप्पन्न गरेको छ ,जसमध्ये शेयर पुँजी,जगेडा कोष,समुह बचत,कर्मचारी संचय कोष,क्रमिक बचत, ग्राहक संरक्षण कोष,पशु बिमा कोष ,बाल बचत, दैनिक बचत,तेस्तै लेखा तर्फको आर्थिक विवरण हरु पेस गरिएको थियो ।

सस्थाले १० औ वसन्त पार गरिरहदा सूर्योदय नगरपालिका २ र ३ नं वडामा गरि १३२२ सदस्य संख्या बनाउन सफल भएको छ । संस्थाले मुख्यतय आफ्ना सदस्य मार्फत कृषि क्षेत्रका उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको प्रतिबेदनमा प्रस्तुत गरिएको थियो । प्रतिबेदन प्रस्तुत भैरहदा संस्थामा चुनौतीको सामना समेत परिरहेको जनाउदै आगामी दिनहरुमा सदस्यहरुको चाहाना अनुसार नगरपालिका सँग समन्वय गरि कृषि क्षेत्रमा आधुनिकिकरण गरि सहज बनाउने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा आगामी दिनहरुमा गरिने मुख्य योजना हरु प्रस्तुत गर्दै वडा नम्बर २ र ३ का सबै घरधुरीमा एक घर एक साना किसान बनाउने लक्ष्य राखेको र कृषि क्षेत्रलाई थप कार्ययोजना बनाइ सहकार्य गर्ने सुझावहरु प्रतिबेदनमा प्रस्तुत गरिएको थियो ।
नगर प्रमुख रण बहादुर राईको प्रमुख आथित्यमा सप्पन्न कार्यक्रममा सारदा पोख्रेलले स्वागत मन्तव्य राखेकी थिइन ।कार्यक्रममा बिशेष अतिथी वडा नम्बर ३ का वडाअध्यक्ष लोक बहादुर प्रधान , २ नम्बर वडाका वडाअध्यक्ष डिक बम्जन ,संस्थाका सल्लाहकार होम बहादुर कार्की, सस्थाकि पुर्ब अध्यक्ष थिर कुमारी खडका लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट व्याक्तीगत बचतकर्ता, उत्कृष्ट शेयर खरिदकर्ता,उत्कृष्ट नियमित बाल बचतकर्ता लगायतलाई प्रमाण पत्र दोसल्ला सहित सम्मान गरिएको थियो। कार्यक्रममा पछिल्लो सहकारी गतिविधिलाई समेत बक्ताहरुले औलाएका थिए भने संस्थाको तर्फबाट भने पारदर्शीतामा साना किसानले कदम चलाएकोले संस्था अझ बलियो बन्दै गएको प्रतिबेदनमा उल्लेख गरेको थियो । कार्यक्रम संस्थाका सचिव गोपाल काफ्लेले संचालन गरेका थिए भने प्रतिबेदन संस्थाका अध्यक्ष ध्रुब सुब्बाले बाचन गरेका थिए, संस्थाका अध्यक्ष सुब्बाकै अध्यक्षतामा कार्यक्रम सप्पन्न भएको थियो ।

Leave a Response