कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) इलामको १७ औं साधारणसभा तथा छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पुन : कुमार निरौलाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यमसिति सर्वसम्मत चयन गरिएको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा किशोर भण्डारी र सचिवमा मंगेश खत्री चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा पनि पुन: दोहोरिन्दै युवराज थामी चयन भएका छन् भने सहसचिवमा अतित योङहाङ चयन भएका छन् । समितिको सदस्यहरुमा अनु राई, शुसिल कार्की, गीता निरौला र प्रकाश निरौला चयना भएका छन् ।
क्यान इलामका अध्यक्ष कुमार निरौलाको अध्यक्षता तथा क्यानका केन्द्रीय सचिव भूपेन्द्र मैनालीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा प्रमुख मैनालीले क्यानको सन्दर्भमा चर्चा गरेका थिए । कार्यक्रममा क्यान इलामका संस्थापक अध्यक्ष भक्त थामीले क्यान इलामको विगत र वर्तमानको चर्चा तथा भविश्यमा क्यानको कार्यदिशाबारे मन्तव्यको रुपमा धारणा राखेका थिए ।
अधिवेशनमा केन्द्रीय सदस्य ठाकुर कुमार श्रेष्ठ, कोशी प्रदेश अध्यक्ष रोशन दहाल र सुनसरी जिल्ला अध्यक्ष सन्देश राई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम निवर्तमान सहसचिव मंगेश खत्रीको सञ्चालनमा भएको हो ।