समाचार

नेपाल बहुउदेश्य सहकारी संस्था(NMC) नयाँबजारको ३२ औ साधरण सभा नयाँबजारमा सम्पन्न

माईजोगमाई

नेपाल बहुउदेश्य सहकारी संस्था(NMC) नयाँबजारको ३२ औ साधरण सभा नयाँबजारमा सम्पन्न भएको छ । सेवाकेन्द्रगत उपसमिति संयोजक याम बहादुर बिश्वकर्माको अध्यक्षता रहेको सभामा माईजोगाई गाँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता साथै गाँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आतिथ्यता रहेको थियो त्यस्तै वडा नं १ का वडा अध्यक्ष याम कुमार कार्की ,वडा नं ६ वडा अध्यक्ष दिपेश सोङ्मि, इलाका प्रहरी कार्यलय नयाँबजारका ईन्चार्ज केशव मैनाली साथै माईजोगमाई गाउँपालिका सहकारी शाखा प्रमुख सगुन पौडेल अमर कल्याण माबिका प्रधानाध्यापक धन बहादुर भण्डारीको आतिथ्यतामा सभा संचालन भएको थियो |


केन्द्रिय प्रतिनिधिहरूको रूपमा संस्थाका संस्थापक अध्यक्ष राम चन्द्र उप्रेति , संचालक समिति सदस्य अम्बिका प्रसाद ढकाल ,  लेखा सुपरिवेक्षण समिति संयोजक रचाना दाहाल र एनएमसि चिया व्यवसाय प्रमुख रविन्द्र पाण्डेको उपस्थिति रहेको थियो
सभा को संचालन सेवाकेन्द्र प्रमुख सफल बुढाथोकिले संचालन गर्नु भएको थियो भने सभामा स्वागत मन्तब्य सेवाकेन्द्रगत उपसमिति सदस्य प्रेम प्रसाद भण्डारीले राख्नु भएको थियो |


सभाबाट आर्थिक बर्ष २०८०-८१ बाट उत्कृष्ट एकाई घोषणा भइ एकाई नं १ प्याङ क्षेत्रको समितिलाई सम्मानित समेत गरिएको थियो । सम्मानित हुने एकाई समिति संयोजक छविरमण नेपाल सदस्य डेल प्रसाद काफ्ले सदस्य चित्र कुमारी सोङ्मी तथा एकाई सचिव भिम प्रसाद दाहाल लाई प्रमाण पत्र सहित सम्मानित गरिएको छ |
सभामा सदस्यहरूको उत्कृष्ट उपस्थिति भइ बिभिन्न एजेन्डाहरु माथि छलफल गर्दै संस्थाको ३२ औ बार्षिक साधारण सभा इलाम क्षेत्र अन्तर्गत नयाँबजार सेवाकेन्द्रको उपएकाई गत बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

Leave a Response