माईजोगमाई सेरोफेरो

उत्तरे पोखरी संरक्षण गुरु योजना निर्माण सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम माईजोगमाईमा सम्पन्न 

माईजोगमाई

उत्तरे पोखरी संरक्षण गुरु योजना निर्माण सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम माईजोगमाईमा सम्पन्न भएको छ ।
कार्यक्रम सहयात्रा नेपाल ,ईलामकी अध्यक्ष हेम कुमारी सिँवाको  अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आथित्यता तथा माईजोगमाई गाउँपालिकाका ६ वटा नै वडाका वडाध्यक्षहरू कार्यपालिका सदस्यहरू , वडाका वडा सदस्यहरू , माईजोगमाई गाउँपालिका भित्र रहेका राजनैतिक दलका प्रतिनिधिहरू , उत्तरे सिमसार संरक्षण महिला समितिका पदाधिकारीहरू , स्थानिय बुद्दिजिविहरू लगायतको उपस्थितिमा माईजोगमाई गाउँपालिकाको सभाहलमा उत्तरे पोखरी संरक्षण गुरु योजना सम्बन्धी अन्तरक्रकिया भएको थियो ।
३३५ मिटर परिधि भएको उत्तरे पोखरीको संरक्षण पश्चात् उक्त क्षेत्र आसपासमा हुने मानिसहरूको जिविकोपार्जन कसरी राम्रो हुने , खानेपानीको संरक्षण कसरी गर्न सकिने , गाउँघर तथा पर्यावरणीय क्षेत्रहरूको सरसफाई कसरी गर्ने , कृषि उत्पादन कसरी बढाउने लगायतको बिषयमा छलफल भएको थियो ।
गाउँपालिका सगँको समन्वयमा सहयात्रा नेपालको आयोजना र प्रकृति रिसोर्सेस सेन्टरको आर्थिक सहयोगमा  उत्तरे पोखरीको संरक्षण हुँदै आईरहेको छ । सहयात्रा नेपालको ४ लाख र गाउँपालिकाको २ लाख गरि ६ लाखमा गत बर्ष उक्त पोखरीको संरक्षणको काम भएको हो । अघिल्ला आर्थिक बर्षहरूमा समेत सहयात्रा नेपाल र माईजोगमाई गाउँपालिकाको समन्वयमा उत्तरे पोखरीको संरक्षणको लागि विभिन्न कामहरू हुँदै आईरहेको थियो ।
माईजोगमाई गाउँपालिकाको पर्यटकीय क्षेत्र उत्तरे पोखरी कहिले निर्माण भयो भन्ने आजसम्म कसैले भन्न सकिएको छैन । बालागुरू  उक्त क्षेत्रमा आउँदाको समयमा पोखरी बारेर भैसीलाई आहाल खेलाउने गरेको स्थानिय बुढापाकाहरूको भनाई रहेको पाईन्छ ।
पोखरी जंगलको बिचमा रहेता पनि पोखरीमा रहेको पातहरू चराले टिपेर फाल्ने गरेको पनि पाईन्छ । उक्त पर्यटकीय क्षेत्रको लागि सहयात्रा नेपालले आगमी दिनमा सहकार्य गर्दै जाने र पोखरी संरक्षण सहित पर्यटकहरूलाई थप आकर्षण गर्न  थप कार्यक्रमहरू समेत गर्दै जाने सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी सिवाले बताउनु भयो ।
पर्यटकीय क्षेत्रहरूको बिकासको निमित्व साथै पालिकाको अन्य  समग्र बिकासको लागि आफुहरूले सक्ने सहयोग सगै सल्लाह सुझाव दिदै जाने राजनैतिक दलहरूका प्रतिनिधिहरूको भनाई रहेको छ ।
सहयात्रा नेपालले प्रकृति रिसोर्सेस सेन्टर सगँको सहकार्यमा संञ्चालित अन्तरक्रिया कार्यक्रममा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले पालिकाले वन वातावरण सम्बन्धी काम ऐन बमोजिम नै गरिरहेको बताउनुभयो ।
सहयात्रा नेपाल सगँको सहकार्यमा यश बर्ष उत्तरे पोखरीमा वृक्ष रोपनको काम समेत गरिएको थियो ।
मान्छेले काम गर्ने भन्दा बोल्ने धेरै भएकाले काम गर्न केही गाह्रो रहेको भएता पनि पालिकाले सवैसगँ समन्वय गरि काम गरिरेहेको बताउनु भयो । उत्तरे पोखरी सगै पालिकाको पर्यटकीय क्षेत्रहरूको बिकासको लागि पालिकाले विभिन्न कार्यक्रमहरू गरिरहेको उहाले बताउनुभयो । उत्तरे पोखरीको संरक्षणमा सहकार्य गरिदिएकोमा उहाले सहयात्रा नेपाललाई धन्यवाद समेत ब्यक्त गर्नुभयो ।
सहयात्रा नेपालले बिगत बर्षहरूमा माईजोगमाई गाउँपालिका सँग समन्वय गरि काम गर्दै आईरहेकोमा यश आर्थिक बर्षमा प्रकृति रिसोर्सेस सेन्टरबाट रू  दश लाख बजेट प्राप्त भएकोले उक्त बजेट कार्यन्वयन गर्न उत्तरे पोखरीको संरक्षण गर्न गुरु योजना निर्माण गरेर मात्र काम गर्ने भएकोले गुरु योजना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गर्नुपरेको कार्यक्रमका प्रमुख अतिथि तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले बताउनुभयो ।
उत्तरे पोखरी धार्मिक पर्यटकीय क्षेत्र रहेको र धार्मिक पक्षलाई उजागर गर्ने ,पर्यटनलाई प्रर्वद्धन गर्ने , आय आर्जन र जिवीको पार्जनलाई प्रर्वद्धन गर्ने यति मात्र नभएर जैविक विविधता ,जीव जनावर ,सिमसार संरक्षण लगायत विविध पक्षहरू जिवनसगँ सम्बन्धीत रहेकोले यश क्षेत्रको बिकासको निमित्व विभिन्न प्रकारको कामहरू गर्दै जाने पालिका अध्यक्ष कुश बहादुर थेवेले बताउनुभयो । पर्यटकीय क्षेत्रहरूको बिकासको लागि सहयोग र समन्वय गर्ने सबैलाई उहाले धन्यवाद ब्यक्त गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा ईलामका कृषि क्याम्पस प्रमुख डा. योगेन्द्रमान श्रेष्टले कार्यक्रमको सहजिकरण गर्नुभएको हो ।

Leave a Response