राेङ गाउपालिकाभित्रका सास्कृतिक प्रतिभाहरुले धमकेदार प्रस्तुती गर्ने भएका छन् । राेङ गाउपालिका भित्रका प्रतिभाहरुकाे पहिचान र बिकास गर्न राेङ गाउपालिकाले गायन,नृत्य र साहित्यक प्रतिभा खाेजि गर्न राेङ प्रतिभाकाे खाेजी कार्यक्रमकाे प्रारम्भिक चरणकाे छनाैट थालनी आगामि जेठ २७ वाट शुरु गर्ने भएपछि गाउमा रहेका प्रतिभाहरु उत्कृष्ट बन्न दमदार प्रस्तुति गर्न तैयारीमा जुटेका छन् ।
फारम बितरणकाे आधारमा करिव तिनसय पचास सहभागि हुने अनुमान रहेपनि हालसम्म तिनसय अठार फारम सकलन भईसकेकाे र भाैगाेलिक असहजताले केहि फारमहरु आईनपुगेकाे राेङ गट ट्यालेणड प्रतियाेगिता कार्यक्रम सयाेजक प्रमेश राईले बताए । राेङ प्रतिभाकाे खाेजी निर्देशक समितिकाे आयाेजना,गाउपालिकाकाे आर्थिक सहयाेग र राेङ बिध्यार्थी एकता समितिकाे सह सहयाेगमा हुनलागेकाे कार्यक्रममा गायन बवधामा एकसय बाह्र,नृत्य बिधामा १ सय ५७ र बतिता बिधामा ३९ प्रतिस्पर्धीहरुकाे बिबरण आईसकेकाे निर्देशक समितिका सदस्य डायमण्ड तिमसिनाले बताए ।
जसअनुसार वडा न १ वाट २४ गायन ,२३ नृत्य र १२ कविहरु वडा न २ वाट ९ गायन ,११ नृत्य र ७ कविहरु ,वडा न ३ वाट २१८ गायन ,३७ नृत्य र ८ कविता ,वडा न ४ वाट २२ गायन ,७ नृत्य र १ कविताहरु ,वडा न ६ वाट ३२ गायन ,५१ नृत्य र ६ कविताहरु पस्कनकाे लागि प्रतिभाहरु तैयारी रहेका तिमसिनाले बताए ।
आगामि २७ गते वडा न ६ काे वडा कार्यालयबाट शुरुहुने अडिसन,२८ गते वडा न ४ र ५ वडामा,जेठ २९ गते ३ र ३० गते वडा न १ र २ नम्वरमा गरिने छ ।हाललाई नृत्य र गायन बिधाकाे पहिलाे चरणकाे छनाैट गरिने र साहित्य लगायत देाश्राे चरणकाे कार्यक्रमकाे तालिका पछि प्रकाशन गरिने भएकाे निर्देशक समितिले बताएकाे छ ।