समाचार

थुम्के साहित्यिक समूह माईजाेगमाई इलामद्वारा अन्तर माध्यमिक विद्यालय कविता प्रतियोगिता सम्पन्न

थुम्के साहित्यिक समूह माईजाेगमाई इलामद्वारा मिति २०८१-०२-२५ गते  गाउँपालिकास्तरीय अन्तर माध्यमिक विद्यालय कविता प्रतियोगिता नयाँबजारमा सम्पन्न भएको छ ।
थुम्के साहित्यिक समुहका अध्यक्ष केशवराज पौडेलको अध्यक्षता तथा माईजोगमाई गाउपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता साथै उपाध्यक्ष प्रविना राई प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतको विशेष आथित्य  , साथै शिक्षा तथा खेलकुद शाखाप्रमुख करुणा नेपाल , माईजोगमाई अस्पतालका प्रमुख डा. यसमिन शेर्पा लगायत गाउँपालिकाका  पदाधिकारी तथा कर्मचारीहरु , इलाका प्रहरी कार्यालय नयाँबजारका इन्चार्ज कुलप्रसाद सापकोटा तथा सुरक्षाकर्मीहरु, सूर्याेदय सामाजिक प्रतिष्ठानका उपाध्यक्ष केपी ढकाल एवम् सदस्य तथा साहित्यकार नदी भट्टराई (नुरज) बहुप्रतिभाका धनी ख्याम निराैला विभिन्न बिद्यालयका शिक्षक बिधार्थी तथा विभिन्न कविहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

माईजोगमाईका विभिन्न बिद्यालयका बिधार्थीहरूले आ-आफ्नो कविता समेत प्रस्तुत गरेका थिए भने स्थानिय ख्याम निरौलाले मसक धुनबाट कार्यक्रमको रौनक मच्चाएका थिए ।
२०७९ सालमा स्थापना भएको यश संस्थाले आर्थिक सहयोग पाउने हो भने माईजोगमाईका विभिन्न क्षेत्रका साहित्यिक ब्याक्तित्वहरूलाई अघि बढाउने छ ।
कविता प्रतियोगितामा निकिता भट्टराईले  ६२.८ अङ्क प्राप्त गरी नामसालिङ माध्यमिक विद्यालयबाट प्रथम स्थान प्राप्त गरिन् भने । प्रश्ना कार्कीले ६०.१ अङ्क प्राप्त गरी अमरकल्याण माध्यमिक विद्यालयबाट दोस्रो स्थान प्राप्त गर्न सफल भईन्  ।प्रतीक्षा नेउपाने ५९.६ अङ्क प्राप्त गरी सरस्वती माध्यमिक विद्यालय  तेस्रो स्थान हासिल गरिन् । एल्विसा भट्टराईले ५९ .३ अङ्क प्राप्त गरी अमरकल्याण माध्यमिक विद्यालयबाट सान्त्वना स्थान प्राप्त गर्न सफल भईन् ।

दिवंगत पिता खड्गप्रसाद आचार्यकाे स्मृतिमा गीतकार महेश आचार्य पुरस्कारकाे व्यवस्थापनमा गर्नुभएको थियो
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई आयोजक समितिका अध्यक्ष केशवराज पौडेलले धन्यवाद ब्यक्त गर्नुभयो ।
कार्यक्रमको संचालन अमर कल्याण माबिका शिक्षक रोशन ढुङ्गेलले संचालन गर्नुभएको थियो ।

Leave a Response