इलामको माइजोगमाई ३ चित्रे स्थित बौद्ध आधारभुत विद्यालयको खेलमैदानमा शनिबारबाट नयाँबर्षको अवसर पारेर माईजोगमाई टोलस्तरिय पुरुष तथा महिला फुटबल सुरु भएको छ । योल्मो फुटबल क्लब माईजोगमाई ३ को आयोजनामा फुटबल खेल माईजोगमाई गाउँपालिका उपप्रमुख प्रविना राईको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो ।
उद्घाटन खेलमा आयोजक योल्मो फुटबल क्लब निलोले नुमाफुङ सोयाङलाई ० का विरुद्ध ४ गोलको फराकिलो अन्तरले जित निकालेको छ । खेलको म्यान अफ द म्याच आयोजक योल्मो फुटबल क्लबका बिकास योल्मो घोषित भए , उनलाई प्रमुख अतिथी माईजोगमाई गाउपालिका उपाध्यक्ष प्रविना राइले ट्रफी हस्तान्तरण गरिन । आईतबार ३ वटा खेलहरु हुने आयोजक योल्मो फुटबल क्लबका सचीव फुर्वा योल्मोले जानकारी दिए । आईतबार ११:३० मा हुने पहिलो खेल न्युस्टार बि र सिगिएफसी , दोस्रो खेल नयाँबजार फुटबल क्लब र प्याङ फुटबल क्लब बिच दिउँसो १ बजे र अन्तिम खेल दिउँसो २:३० बजे युवा शक्ति र एलएफसी बिच हुनेछ ।
२०८१ साल बैशाख २ गते हुने फाइनल खेल पुरुष तर्फको विजेता टोलिले नगद ४०००० आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र तथा उपविजेता टोलिले नगद ३०००० ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने महिला तर्फ फाइनल जित्ने टोलिले नगद १०००० ट्रफी मेडल र प्रमाणपत्र र उपविजेता टोलिले नगद ८००० ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्ता साथै अन्य विद्यामा उत्कृष्ट हुने खेलाडिहरुलाई समेत नगद साथै ट्रफी प्रदान गरिने र खेल सकिदा अनुमानित नगद ३ लाख बडि खर्च हुने आयोजक योल्मो फुटबल क्लबका सचीव फुर्वा योल्मोले जानकारी दिए ।