समाचार

बुधबारे जेसिजले गर्यो बालबाटीका मन्टेश्वरी स्कुलमा अभिभावक सचेतना कार्यक्रम

✍️ ज्ञानु भट्टराई / झापा

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो, जेसीज आस्थाको यो एक अंशलाई आत्मसाथ गर्दै बुधबारे जेसीज परिवारले समाजमा विभिन्न सेवामूलक कार्य गर्दै उदाहरण बन्दै आएका छन् ।

यसै सन्दर्भमा झापाको बुद्धशान्ति गाउँपालिकामा बुधबारे जेसिजले शनिबार एक कार्यक्रमको आयोजना गरि बुद्धशान्ति वडा नं १ स्थित प्रणामी मन्दिर नजिकै रहेको बालबाटीका मन्टेश्वरी प्रि स्कुलमा असल अभिभावकत्वका लागि अभिभावक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष दुर्योधन सिंहको अध्यक्षता,साथै दिपेस आचार्यको संयोजक्त्वमा बुद्धशान्ति वडा नं १ वडा सदस्य तथा  कार्यपालिका सदस्य तुलसा देवि खतिवडाको प्रमुख आतिथ्यतामा बुद्धशान्ति १ स्थित बालबाटिका मन्टेस्वरीको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो ।

अभिभावक सचेतना कार्यक्रमले शिक्षा क्षेत्रमा निकै प्रभावकारी भुमिका खेल्ने साथै बालबालिकाहरूको सर्वाङ्गिण विकास थप सहयोग पुग्छ भन्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको बुधबारे जेसीज अध्यक्ष दुर्योधन देव सिंहले बताउनु भयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी वडा नं १ वडा सदस्य तथा कार्यपालिका सदस्य तुलसा खतिवडाले भन्नू,भयो वालबालिकाको लागि यो कार्यक्रम बुद्धशान्तिमै पहिलो पटक सूरू गरिएको र यस कार्यक्रमले वालबालिकाहरूको स्वाथ्य र शिक्षा क्षेत्रमा निकै प्रभावकारी भुमिका खेल्ने बताउदै गुणस्तरीय शिक्षाको सहयोग र समन्वय गर्न साथै बुद्धशान्ति गाउँपालिकाको विकास विस्तार र प्रवर्धनमा वडा नं १ को कार्यलय सदैव तयार रहेको बताउनु भयो ।

बुधबारे जेसीजका सदस्य दिपेश आचार्यले उपस्थित सम्पुर्ण अतिथि साथै अभिभावकलाई स्वागत मन्तव्य साथै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा बुधबारे जेसिजका संस्थापक कार्यकारिणी उपाध्यक्ष मनेस दहाल, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने ,कार्यक्रममा बुद्धशान्ति वडा न.१ का वडा सदस्य सुमित्रा रसाईली बुधबारे जेसीजका निवर्तमान अध्यक्ष जेसी अर्जुन ढकाल बालबाटिका मन्टेस्वरिका कार्यकारी प्रमुख छत्र कोईराला र सन्चालक कृष्ण ढकाल लगायत जेसीजका सम्पुर्ण सदस्यहरुको उपस्थिती रहेको कार्यक्रममा बुधबारे जेसिजका कार्यकारिणी उपाध्यक्ष कुसल अधिकारिले जेसिज आस्था बाचन गर्नु भएको कार्यक्रमको संन्चालन बुधबारे जेसिज वर्ष २०२४ का महासचिव गजुहाङ योङुहाङले गर्नु भएको थियो भने तालिम को सहजीकरण जेसि प्रतिमा खरेलले गर्नुभएको थियो

Leave a Response