समाचार

झापाको बुद्धशान्ति गाउँपालिकामा बुद्धशान्ति हेल्थ एण्ड वेलनेस सेन्टर सन्चालनमा

ज्ञानु भट्टराई / झापा

झापाको बुद्धशान्ति गाउँपालिकामा बुद्धशान्ति हेल्थ एण्ड वेलनेस सेन्टर सन्चालनमा आएको छ ,। बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित बुधबारेको तल्लो चोकमा फिजियोथेरापी तथा ल्यावको सेवा सन्चालनमा आएको हो ।

बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यतामा रिवन काटेर उत्घाटन भएको भएको बुद्धशान्ति हेल्थ एण्ड वेलनेस सेन्टर वाट ढाड दुख्ने नसा च्यापिएको प्यारालाईसेस मुख वाङ्गिएको लगायत हरेक किसिमका दुखाई अन्य थेरापि सम्बन्धि विरामी हरू यहाँ वाट सेवा लिन विर्तामोड भद्रपुर काकरभिट्टा लगायत अन्य ठाउँ जानू पर्ने समस्या लाई मध्यनजर गरेर बुद्धशान्तिमा यो सेवा सन्चालन गरिएको फिजियोथेरापीका डाक्टर तिवेन्र्द आचायले बताउनु भयो ।

उत्घाटन कार्यक्रममा आफ्ना भनाई राख्दै प्रमुख अतिथि मनोज प्रसाइले भन्नू भयो अहिलेका युवाहरू विभि्न कामको शिलशिलाले वाहिरिएको अवस्थामा युवाहरूले मिलेको बुद्धशान्तिमा यस्तो सेवा दिएको खुसि हुँदै बुद्धशान्ति गाउँपालिकामा रहेको बुद्धशान्ति अस्पताल सग सहकार्य गरेर पालिकाले गर्नु पर्ने सहयोग गर्ने बताउनु भयो ।

७० लाखको लगानिमा सन्चालन भएको यस फिजियोथेरापी सेन्टरले चैत महिना भर सेवामा ३०%  छुट समेत रहेको सन्चालक केशब खुलालले बताउनु भयो ।

Leave a Response