
माईजोगमाई गाउँपालिका अध्यक्ष कपको छैटौ दिनको खेलमा माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका बिच भएको खेलमा पहिलो हाफको १० मिनेटमा माङसेबुङको तर्फबाट जर्सी नम्बर १० का खेल्लाडी जोदान राईले १ गोल गरेर खेललाई अगाडी बढाईरहेको बेलामा पहिलो हाफको २२ मिनेटमा देउमाई नगरपालिकाका खेल्लाडी जर्सी नम्बर ४ का धन बहादुर गुरुऽले १ गोल गरी आफ्नो टिमलाई बराबरीमा फर्काए खेलको दोस्रो हाफको खेल सकिदा सम्म दुवै टिमबाट बराबरी गोल भएपछि खेल ट्राईब्रेकरमा गएको हो ।
ट्राईब्रेकरमा माङसेबुङको तर्फबाट ४ गोल र देउमाईको तर्फबाट २ गोल भएको थियो ।
खेलको म्यान अफ द म्याच माङसेबुङका जर्सी नम्बर २३ रोनिस राई घोषित भएका हुन् ।
१६ गते हुने सेमि फाईनल खेल माईजोगमाई गाउँपालिका र फाकफोकथुम गाउँपालिका बिच हुने छ ।
खेलको बिजेताले नगद रु दुई लाख दश हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छ । उपबिजेता टिमले रु एक लाख बिस हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछन् । खेलको फाईनल खेल बैशाख १९ गते माईजोगमाई गाउँपालिका नयाँबजारको बालागुरु खेलमैदानमा हुने छ ।खेलको प्रत्यक्ष प्रशारण माईजोगमाई खवरले दैनिक रुपमा गरिरहेको छ ।
खेलको फोटोको लागि लिंङ्क
https://www.youtube.com/live/7fw57UWEjE4?feature=share





