नेपाली चेलीहरूको चाड तिजको अवसरमा गत बर्ष जस्तै यो बर्ष पनि हर्सोउल्लासका साथ तिज मनाईएको छ ।
यसैगरी माईजोगमाई गाउपालिकाको विभिन्न शिव मन्दिरहरूमा तिजको व्रत लगाउने लगायतको कार्यक्रम भएको छ ।
गत बर्ष जस्तै नयाँबजारको बालागुरू शिवालय धाम नयाँबजारमा पनि बाक्लो उपस्थितिका साथ तिजको पुजा लगाउने लगायतको कार्यक्रम भएको छ ।
यसैगरि माईजोगमाई गाउपालिका वडा नं १ लप्सीबोटे होर्मेखोलामा पनि आज तिजको पुजा लगाउने कार्यक्रम बाक्लो उपस्थितिका साथ सम्पन्न भएको छ ।
सोही कार्यक्रमको अवसरमा त्यस क्षेत्रमा बिश्वकर्मा बाबाको मन्दिर पनि निर्माण गर्ने गरि आज शिलन्यास गरिएको छ । विभिन्न ब्याक्तिहरूको सहयोगमा त्यस क्षेत्रमा बिश्वकर्मा बाबाको मन्दिर स्थापना गर्न लागेको मन्दिर ब्यावस्थापन समितिले जानकारी दिएको छ ।
add a comment