समाचार

सूर्योदयमा टुट्यो गठबन्धन,कार्यपालीका गठनमा नेकपा एस र एमालेबिच सहमति

इलामको ठुलो स्थानीय तह सूर्योदय नगरपालिकामा सत्ताधार पार्टीहरुको गठबन्धन टुटेको छ । गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीले बैशाख ३० को निर्वाचनमा एकल रुपमा सहभागि भएर गठबन्धनबाट अलग भएको थियो ।

मेयरमा एकिकृत समाजवादीका रणबहादूर राई र उप–मेयरमा नेपाली काग्रेसका दुर्गा कुमार बराल बिजयी भएपनि कार्यपालिकाको चुनावका बिषयमा लिएर गठबन्धन टुटेको छ । वडामा नेपाली काग्रेस एक्लै लडेको थियो भने नेकपा एकिकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबिच तालमेल भएपनि माओवादी केन्द्रका एक जना पनि जनप्रनिधिहरुले बिजयी हासिल गर्न सकेनन् ।

माओवादीका उमेद्धवार बिजयी नभएपछि गठबन्धनको बैठक हुँदा पनि नेकपा एकिकृत समाजवादी र नेपाली काग्रेसका नेताहरुबिच मात्रै छलफल हुँदै आएको थियो । कार्यपालकाको निर्वाचन सम्बन्धमा गठबन्धनमा आवद्ध दलहरुबिच छलफल गर्नुको साटो नेकपा एकिकृत समाजवादी र नेपाली काग्रेसका नेताहरु नेकपा एमालेलाई फकाउन थाले ।

कार्यपालिका गठनमा नेकपा एकिकृत समाजवादी पार्टी र एमालेबिच सहमति भएको छ । ३ पटकको वार्तामा ४÷४ जना कार्यपालिका सदस्यहरु बाडेर कार्यपालीकामा उमेद्धवारी दिने सहमति भएको नेकपा एमालेबाट निर्वाचित एक जनप्रनिधिले बताए । निर्वाचित जनप्रनिधिबाट ३ जना र बाहिरबाट मनोनय गर्नेबाट १ जना कार्यपालिका सदस्य दिने सहमति भएको हो, एक एमाले नेता बताए । एमाले एक नेताका अनुसार कार्यपालीका निर्वाचित सम्बन्धमा नेकपा एमालेले चार जना कार्यपालिका सदस्य आफुले पाउनुपर्ने प्रस्ताव गरेको थियो, एकिकृत समाजवादी पार्टीले माग पुरा गरेकाले मिलेर कार्यपालीका बनाउने मौखिक सहमति भएको हो । सहमति लिखित भएको छ्र्रैन ।
नेकपा एस र एमालेबिचको वार्ता अन्य पार्टीले थाहा नपाउन भनेर छिमेकी देश भारतीय सहरमा वार्ता बसेको बुझिएको छ । अहिले उमेद्धवार मनोनयनको काम समेत धमाधम भइसकेको छ ।(लोकल संदेश)

Leave a Response