माईजोगमाई सेरोफेरोराजनिति

माईजोगमाईमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

रोशन काफ्ले

नयाँबजार । माईजोगमाई गाउपालिकाको केन्द्र नयाँबजारमा आज एक कार्यक्रमको बिच स्थानीय निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यलय उद्घाटन गरिएको छ । माईजोगमाई गाउँपालिका निर्वाचन अधिकृत प्रेम कुमार काफ्ले र माईजोगमाई गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत तथा माईजोगमाई निर्वाचन सहायक अधिकृत भागवत प्रसाद रेग्मी कार्यालय उद्घाटन गरेका हुन ।

कार्यालय उद्घाटन पश्चात् स्थानिय निर्वाचन २०७९ अन्तर्गत विभिन्न पार्टीहरु बिच निर्वाचन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्न राजनैतिक पार्टीका पदाधिकारी पत्रकार प्रहरी लगायतको उपस्थितिमा निर्वाचन सम्बन्धी आचारसंहिता स्थानिय निर्वाचनमा उमेदवार मनोनयन दर्ता , मनोनयन दर्ता भएको उम्मेदवारको सुची प्रकाशन , उम्मेदवारको बिरोधमा उजुरी दिने , मनोनयन फिर्ता लिने ,मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन मतदान लगायत बिषयमा छलफल भएको निर्वाचन अधिकृत प्रेम कुमार काफ्लेले जानकारी दिए ।

कार्यक्रममा बोल्दै माईजोगमाई गाउपालिका सह निर्वाचन अधिकृत भागवत प्रसाद रेग्मीले निर्वाचन भइसकेपछि मतपत्र गणना सम्म सबै राजनैतिक दलका प्रतिनिधिहरुलाई आग्रह गरे । माईजोगमाई गाउपालिकामा जम्मा मतदान केन्द्र २० वटा र मतदान स्थल ११ वटा रहेको छ ।

माइजोगमाई गाउँपालिकामा ७ हजार ७३८ महिला र ८ हजार ८२८ पुरुष गरि जम्मा १६ हजार ५६६ मतदाता संख्या रहेको निर्वाचन आयोगले जनाएको छ ।

 

Leave a Response