समाचार

२०५४ मा अध्ययन समकालिन साथि समूहले गर्यो वनभोज पुनर्मिलन तथा शिक्षक सम्मान

ज्ञानु भट्टराई / झापा


झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित बुद्धआदर्शमा माध्यमिक विद्यालयमा २०५४ अध्ययन गरेका समकालिन साथि समूहले वनभोज तथा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार बुद्धशान्ति ३ स्थित आदर्शनमुना धार्मिक तथा पर्यापर्यटन क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमका संयोजक राजन दुलालको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ शिक्षक चन्द्र प्रसाद अधिकारिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २० जना शिक्षक हरूलाई सम्मान समेत गरिएको थियो ।

सम्माननित हुनेहरूमा शिक्षक महेन्द्र संगौला,वेनु पनेरू, गणेश निरौला,भक्त वहादुर खपाङ्गी, धन वहादुर श्रेष्ठ,दिपक कुमार वुढाथोकी,टिकाराम पोख्रेल,केदार कोइराला,कुमार गिरी,चन्द्र प्रसाद अधिकारी,देवेन्द्र प्रसाद अधिकारी,लाल प्रसाद रेग्मि,लक्ष्मणआचार्य,सुमित्रा बास्कोटा, उर्मिला ढकाल,डिल्लि राम काफ्ले,हाल कार्यरत बुद्धआदर्श माद्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी, त्यस्तै लेखा शाखा ,विश्व नाथ ढकाल,कार्यलय सहयोगी हरि प्रसाद भन्डारी,गंगाराम अर्याल, लगायतलाई खदा लगाई मिस्ठान परिकारको साथै मायाको चिनो उपहार सहित सम्मान गरिएको थियो ।

बुद्धआदर्श मावि २०५४ समकालिन साथि समूहले आयोजना गरेको वनभोज तथा पुनर्मिलन कार्यक्रम माघको महिना चिसो समय भएपनि आआफ्नो पेशा र व्यवसायले निकै टाढा टाढाभएपनि समकालीन साथिहरू सबैजना यसरी भेलाभएर कार्यक्रममा आफ्ना तितामिठाअनुभव हरू साटासाट गर्न पाएकोमा सबैले खुशि व्यक्त गर्नु भएको थियो ।

शिक्षकहरूलाइ सम्मान सँङसँगै कार्यक्रममलाई थप रोचक बनाउन शिक्षकहरू बाट हाँडी फुटाउने कविता,गजल, मुक्तक,मटरको दाना गेस गर्ने लगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । मटरको दाना गेस गर्नेमा शिक्षक धनबहादुर श्रेष्ठ ,साथै हाँडी
फुटाउनेमा शिक्षक कुमार गिरी विजेता हुनुभएको थियो ।

त्यस्तै कार्यक्रममा सगरमाथा आधार शिविरमा समकालीन साथि समूह २०५४ को झण्डा फहराएर हाम्रो समुहको साथै अध्ययन गरेको विद्यालयको नाम उच्च राख्न सफलएकोमा समकालिन साथि समुहका पुर्णबहादुर गौलीलाई पनि खदा अविर लगाई प्रशंसा पत्र र मायाको चिनो द्वारा सम्मान गरिएको थियो ।

समूहका सदस्य चन्द्र कटुवालले उपस्थित सम्पुर्ण अतिथिहरूलाई शाब्दिकस्वागत गर्नु भएको कार्यक्रममा राजन न्यौपाने,भक्त खपाङ्गी, गणेश निरौला,धन बहादुर श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन समकालीन साथि समुहका दुर्गानाथ ढकालले गर्नु भएको थियो ।

Leave a Response