
माइजोगमाइ गाउँपालिका २ खोल्मे स्थित शारदा आधारभुत बिधालयको खेलमैदानमा लभ्ली युथ क्लब द्वारा आयोजित तेस्रो लभ्लि नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज तीन वटा खेल सम्पन्न भएका छन् ।
आज भएको पहिलो खेलमा युनाइटेड मलिमलाई १ का विरुद्ध २ गोल गर्दै रेड डेबिल्स नयाँबजार बिजय भएको छ त्यस्तै दोस्रो खेलमा मेहेलबोटे फुटबल क्लबलाई ० का विरुद्ध ६ गोल गर्दै कर्फोक फुटबल क्लब बिजय भएको छ भने आज नै भएको अन्तिम खेलमा जुनियर भेनस सु. न . पा . लाई ० का विरुद्ध १ गोल गर्दै R R C प्याङ बिजय भएको छ ।
फाइनल खेल आगामी मङ्सिर ६ गते हुने छ खेलको बिजेताले नगद ३० हजार ३ सय ३० साथमा ट्रफी मेडल प्रमाण पत्र हात पर्नेछन् भने दोस्रो हुने टिमले नगद २० हजार २ सय तीस साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छन् ।
भोलि हुने पहिलो खेल याल्मु फुटबल क्ल्ब नमसालिङ vs स्कुल लाइन जोगमाइ दोस्रो खेल युनाइटेड नंयाबजार vs SCF सरर्सेगे जोगमाइ र तेस्रो खेल ABC सयोङ vs MYC मानेडारा बीच हुने आयोजक समितिका सचिव सन्जिव खड्काले जानकारी दिएका छन् ।