समाचार

मनाङ एयरको हेलिकप्टर दुर्घटना अपडेट : ५ जनाको शव भेटियो १ जनाको खोजिकार्य जारी

हराईरहेको हेलिकप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको र १ जना को खोजिकार्य भैरहेको
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो ।
लाम्जुरापास क्षेत्रको लिखु पिके गाउँपालिका-५ मा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
‘अहिलेसम्म ५ वटा शव भेटिएको छ । उनीहरुको पहिचान भएको छैन,’ उनले भने । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । प्रहरीले घटनास्थलमा उद्धारको काम सुरु गरिसकेको उनले जानकारी दिए ।
मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो ।

Leave a Response