राष्ट्रियसमाचार

इलाममा जेठाजुले गरे बुहारीको हत्या

इलामको माई नगरपालिकामा जेठाजुले बुहारीको हत्या गरेका छन्।

माई नगरपालिका–३ का ३९ वर्षे सन्तोष खातीले भाइबुहारी २३ वर्षीया अमृता खातीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

गएराति सन्तोषले दायाँ पाखुरा, गर्धन लगायत स्थानमा खुकुरी प्रहार गर्दा गम्भीर बनेकी अमृताको उपचारको क्रममा आज (मंगलबार) झापाको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार हतियार प्रहारका आरोपी सन्तोष फरार रहेकाले उनको खोजी भइरहेको छ।  (नागरिकन्यूज )

Leave a Response