
डम्बर कुमार निरौला / माईजोगमाई
मानव अधिकार मन्च ईलामले माईजोगमाई गाउँपालिकामा बिभिन्न किसिमको तालिमहरु माईजोगमाई बासीलाई प्रदान गरेपश्चात माईजोगमाई गाउँपालिकाका युवाहरु ब्यवसायीक बन्दै गरेको माईजोगमाई का युवाहरुले बताएका छन् ।
माईजोगमाई गाउपालिका भरी रहेका १७२ जना उद्यमीहरूलाई विभिन्न किसिमको सीप बिकास तालिम दिईएको छ । जसमा गाईपालन तालिममा ४३ जना महिला र ४६ जना पुरूष गरि ८९ जनाले तालिम लिएका छन् । मौरीपालन तालिममा ३ जना महिला र ६ जना पुरूष गरि ९ जनाले तालिम लिएका छन् ।बाख्रा पालनमा २७ जना महिला र १५ जना पुरूष गरि ४२ जनाले तालिम लिएका छन् । बंगुर पालनमा १३ जना महिला र ४ जना पुरूष गरि १७ जनाले तालिम लिएको र वेमौसमी तरकारी खेतिमा ७ जना महिला र ८ जना पुरूष गरि १५ जनाले सीप बिकास तालिम लिएका छन् ।
विभिन्न उद्यमधिलता सम्बन्धि कामहरू गर्दै आएको मानव अधिकार मञ्चबाट माईजोगमाई गाउपालिकामा रहेका ९१ जना महिला र ७३ जना पुरूष गरि जम्मा १६४ जनाले लाभ लिएका छन् । जसमध्ये गाईपालनमा ४६ जना महिला र ४० जना पुरूष गरि ८६ जनाले लाभ लिएका छन् । मौरी पालनमा ३ जना महिला र ६ जना पुरूष गरि ९ जनाले लाभ लिएला छन् । बाख्रा पालनमा २६ जना महिला र १५ जना पुरूष गरि ४१ जनाले लाभ लिएका छन् । बंगुर पालनमा ९ जना महिला र ५ जना पुरूष गरि १४ जनाले लाभ लिएका छन् । वेमौसमी तरकारी खेतिमा ७ जना पुरूष र ७ जना महिला गरि १४ जनाले लाभ लिन सफल भएका छन् ।
तालिम लिएका युवाहरूलाई तालिम पश्चात ब्यावसाय सुरूवातकर्ताहरूलाई सामाग्री सहयोग गरेको मानव अधिकार मञ्च ईलामले बताएको छ ।
तालिम लिएपछि युवाहरुले आफु सफल उद्यामी भएको बताएका छन्। सूरुमा कुनै ब्यवसाय गर्न आफु योग्य नभएको र तालिम लिए पछि आफुहरुलाई ब्यवसाय संचालन गर्न सहज भएको माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङका मनिसा खालिङले बताउनु भएको छ । पुरानो तरिकाले ब्यवसाय गरेको र तालिम पश्चात नयाँ तरिकाले तालिम लिएको मनिसा खालिङले बताउनुभयो । आफुहरुले ब्यवसाय संचालन गर्न साथै अन्य कामको लागि समय मिलाउन समेत सफल भएको उहाले बताउनु भयो । मनिसा खालिङले मौरी पालनको तालिम लिनुभएको थियो उहाले पाल्नु भएको मौरी सुरुमा पुरानो घारमा भएको र हाल नयाँ आधुनिक घारमा भएको हुदा तालिम सफल रहेको उहाले बताउनुभयो ।
स्थानिय क्षेत्रमा रहेका युवाहरुलाई ब्यवसायिक बनाउनको लागि मानव अधिकार मन्च ईलामले दिइएको तालिम पश्चात नेपालमा नै स्थानिय स्तरमा रहेका ब्यवसाय गर्दा आफु स्वरोजगार रहने माईजोगमाई गाउँपालिका वडा नं ३ का प्रेम तामाङले बताउनु भयो । स्थानीय सरकारले युवाहरुको निमित्व बजेट ल्याउने र स्थानीय सरकारले युवाहरुलाई अघि बढाउने हो भने युवाहरु बिदेशिनु नपर्ने समेत उहाले बताउनुभयो । यो तालिम पश्चात युवाहरु आफैमा स्वरोजगार भएको महसुस भएको प्रेम तामाङ बताउनु हुन्छ ।
माईजोगमाई खवरले तालिम लिएका युवाहरु सँग कुराकानी गर्ने क्रममा माईजोगमाई गाउँपालिका भरी दिईएको तालिम सफल रहेको पाईएको छ ।
माईजोगमाई गाउँपालिका धेरै सम्भावना बोकेको गाउँपालिका हो यस गाउँपालिकामा बिभिन्न किसिमका मौरीहरु समेत पाल्न सकिने र यसको उचित प्रकारको तालिम पाएमा स्थानीय स्तरमा मौरी पालन पश्चात स्वरोजगार बन्न सकिने र सुरुको अवस्थामा मौरीको तालिम नभएको र मानव अधिकारले दिइएको तालिम पश्चात आफुहरुलाई सहज भएको माईजोगमाई ६ का बुद्दराज राईले बताउनुभएको छ । मौरीको तालिम पश्चात आफुहरुको आफ्नो ब्यवहारीक जिवन समेत सुधार भएको माईजोगमाई ६ का बुद्दराज तामाङ बताउछन् ।
माईजोगमाई गाउँपालिकामा मानव अधिकार मन्च आएपछि गाईपालन तालिम लिएपछि आफुहरुले गाईको बिषयमा कसरी योजना बनाउने ब्यवसायिक योजना कसरी बनाउने ब्यवसायलाई कसरी फाईदामा लान सकिन्छ भन्ने बिषयमा तालिम लिईएको र ब्यवसायीक योजना बनाईएपछि परम्परागत रुपमा गाई पाल्दै आएकोमा फरक आएको र औषधीको बिषयमा समेत जानकार रहेको र ब्यवहारीक रुपमा सिकेको कुरा फिल्ड भिजिट बाट समेत राम्रो गरी सिक्न पाएको माईजोगमाई १ का पितम्बर पौडेलले जानकारी दिनभएको छ र मानव अधिकार मन्चले आर्थिक भन्दा धेरै बौदिक ज्ञान दिएको पितम्बर पौडेलले बताउनु भयो ।
सुरुमा बंगुर पालनको आफुलाई ज्ञान नभएको र मानव अधिकार मन्चको तालिम पश्चात बंगुर पालनको ज्ञान भएको कारण बंगुर पालनमा थप सहयोग भएको माईजोगमाई २ का लक्ष्मी माया गुरुङले बताउनुभयो आफुहरुलाई योजना बनाएर ब्यवसाय गर्न कुनै आइडिया नभएको हुदा ब्यवसाय सफल हुन नसकेको र मानव अधिकार मन्चको कारण आफुहरुले ब्यवासाय गर्न सफल रहेको र मानव अधिकार बाट प्राप्त भएको २ वटा बंगुर समेत फस्टाएर बढेको उहाले बताउनु भएको छ । माईजोगमाई २ सगै माईजोगमाई गाउँपालिका भरी नै तालिम लिएका युवा ब्यवसायीहरुले सफल ब्यवसाय गरेको उहाले बताउनु भएको छ ।
माईजोगमाई गाउपालिकाको युवाहरूको लागि स्थानिय सरकारले थप सहयोग गरेमा युवाहरूको लागि सहयोग हुने माईजोगमाई १ का डम्बर चेमजोङले बताएका छन् । गाउघरबाट नै बाख्रा खसी बिक्री हुने हुदा बजारको समेत अभाव नभएको र मानव अधिकारले दिएको तालिम पश्चात थप सहयोग भएको उनले बताए ।
(यो समचार सगँ सम्बन्धित भिडियो केहि दिनमा माईजोगमाई खवरको युट्युब च्यानलमा हेर्न सक्नुहुने छ । )