
इलामको सिटीहलमा जारी पाठेघर परिक्षण शिविरको हिजो पहिलो दिन ६६ जना महिलाहरुले सेवा लिएका छन् । ३ दिने शिविरको हिजो पहिलो दिनमा इलाम नगरपालिका बाहेक अन्य पालिकाका महिलाहरुले समेत सेवा लिएका हुन् ।
इलाम नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोगमा नेपाल परिवार नियोजन संघले आयोजना गरेको पाठेघरको स्वास्थ परिक्षण शिविर १२ र १३ गते समेत सञ्चालन हुने वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।
शिविरमा नरोप्लाण्टको सेवा समेत प्रदान गरिने नर्स लाक्पा लामाले जानकारी दिईन् । शिविरमा इलाम भित्र र बाहिरका सबैले सेवा लिनसक्ने भएकोले उपस्थित हुन संघका प्रमुख कमल सुवेदीले अनुरोध गरे ।
add a comment