राष्ट्रियसमाचार

एम्नेस्टी इन्टरनेशनलको भेला इलाममा सम्पन्न

गणेश अर्याल/ इलाम

एम्नेष्टी इन्टरनेशनल नेपाल च्याप्टरका अध्यक्ष बिपिन बुढाथोकीले बिधिको शासन र लोकतन्त्र बलियो बनाउन मानब अधिकार सुनिश्चित हुनु पर्ने बताउनु भएको छ । मानब अधिकार शिक्षालाई प्रभावकारी बनाउन एम्नेस्टी इन्टरनेशनल अन्तरगत नेपालमा रहेको ८४ वटा समुह र ५५ वटा युवा सञ्जालले सहयोग पुग्नेमा अध्यक्ष बुढाथोकीले जोड दिनु भएको छ ।

मानब अधिकारबादी सस्था एम्नेस्टी इन्टरनेशनलको तीन वटा प्रदेशको नेतृत्व भेलाको उदघाटन कार्यक्रमलाइ इलाममा सम्बोधन गर्दै अध्यक्ष बुढाथोकीले सो कुरा बताउनु भएको हो । मानब अधिकार रक्षाको लागि आगामी १० बर्षको रणनीति बनाउन यो भेला आयोजना गरिएको बताउदै अध्यक्ष बुढाथोकीले फिल्ड स्तरको समस्या पहिचान गरेर काम गर्नुपर्नेमा जोड दिनु भयो ।

वाग्मती, मधेश र एक नम्बर प्रदेशका बिभिन्न पदाधिकारीहरुको भेला इलामको रोङ गाउपालिकामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि रोङ गाउपालिका अध्यक्ष तामाङले तीन वटा प्रदेशको कार्यक्रम आयोजना गर्नलाई रोङ गाउपालिकाको भूमि छनौट गरेकोमा गाउपालिकाका १७ हजार नागरिकको तर्फबाट आभार ब्यक्त गर्दै सहभागी सबैलाई स्वागत गर्नुभयो ।

रोङ गाउपालिकाका अध्यक्ष मणिकुमार स्याङबोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एडल्ट, युवा तथा समुहका सम्योजक महासचिव र पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा बिश्व ब्यापी रुपमा एक करोड सदस्य रहेको एम्नेस्टी इन्टरनेशनलको नेपालमा ८हजार सदस्य रहेको जानकारी दिइएको छ ।

इम्नेस्टी इन्टरनेशनलका उपाध्यक्ष केशल पोखरेलले स्वागत गर्नुभएको कार्यक्रममा पूर्व अध्यक्ष हेमकुमार खड्का पूर्व केन्दीय सदस्य शेषकुमार निरौला लगायतको उपस्थिति रहेको थियो ।

महासचिब सगिता कुइकेलले सञ्चालन गर्नुभएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रोङ गाउपालिकाका अध्यक्ष मणिुकमार स्याङबो तामाङले मैन बतीबालेर उद्घाटन गर्नुभएको थियो । मानब अधिकारको क्षेत्रमा काम गर्ने यो सस्था ५३ बर्ष अधि स्थापना भएको थियो ।

Leave a Response