
माङसेबुङ: इलामको माङसेबुङ गाउँपालिका ४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।भर्खरै सार्वजनिक भएको अन्तिम मतपरिणाममा नेकपा एमालेका उम्मेद्वार नविन लिम्बू ५४ मतान्तरका साथ विजयी भएका छन । लिम्बूले ३ सय २५ मत प्राप्त गरी जिल्लामै पहिलोपटक निर्वाचित घोषित भएका छन ।
उनका निकटतम प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलकुमार लिम्बूले २ सय ७१ मत मात्र पाएका छन । त्यस्तै स्वतन्त्र उम्मेद्वार आषिश जवेगूले २ सय ६८ मत पाएका थिए ।महिला सदस्यमा एमालेकै कल्पना राई ९३४४ मत०, दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा ९३३८ मत० र खुल्ला सदस्यहरुमा टेकमान लिम्बू ९३४५ मत० र धनबहादुर राई ९३१० मत० विजयी भएका छन् ।
सो वडाबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा भने गठनबन्धनका उम्मेद्वारले अग्रता कायम गरेका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले ४ सय ८७ मत पाएका छन् । एमालेका हेमन्त राईले ३ सय ४६ मत पाएका छन् ।उपाध्यक्षमा पनिस गठबन्धनकै जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङले ४ सय २१ मत पाएका छन् । एमालेकी सुनिता सुब्बाले ३ सय ४७ मत मात्र पाएकी छिन् ।
सझो वडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धन बनेको थियो ।१ हजार ३ सय ६० मतदाता रहेको सो वडामा ९ सय ४९ मत खसेको थियो । अहिले वडा नम्बर ५ र १ को मतगणना भइरहेको छ ।(ABC Nepali)