समाचार

प्रकृति र पुर्खाको सम्मानमा उभौली पर्व

माईजोगमाई खवर

किरात समुदायले आज प्रकृतिप्रति आस्था र पुर्खाप्रति सम्मान व्यक्त गर्ने महत्त्वपूर्ण पर्व ‘उभौली’ श्रद्धा र उत्साहका साथ मनाइँदै छ । जाडो सकिएर गर्मी सुरु भएसँगै मानिस तथा जीवजन्तुहरू उकालो क्षेत्रतर्फ सर्ने परम्परासँग यो पर्व जोडिएको छ । यसै समयदेखि खेतीपातीको सुरुवात हुने भएकाले उभौलीलाई कृषि चक्रसँग पनि जोडेर हेरिन्छ ।

पर्वको मुख्य आकर्षणका रूपमा रहेको ‘साकेला नाच (सिली)’ ले प्रकृति, ऋतु परिवर्तन र सामाजिक जीवनलाई जीवन्त रूपमा झल्काउँछ । यस अवसरमा किरात समुदायले भूमिपूजा, पुर्खापूजा तथा प्रकृतिको आराधना गर्दै वातावरण संरक्षणको सन्देश दिन्छन् । विशेषगरी सिलिचुङ, हलेसी महादेव लगायतका क्षेत्रमा विशेष कार्यक्रमहरू आयोजना गरिन्छन् भने काठमाडौँ उपत्यकामा पनि विभिन्न स्थानमा साकेला सिली प्रस्तुत गर्ने प्रचलन छ ।

Leave a Response