राशीफल

आज बैशाख १४ गतेको राशिफल हेर्नुहोस्

२०८३,बैशाख १४ गते सोमबार

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल वैशाख १४ गते । सोमबार । इस्वी सन् २०२६ अप्रिल २७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–एकादशी, ३६ घडी ४७ पला, बेलुकी ८ बजेर १३ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–पूर्वाफाल्गुनी, ४४ घडी १९ पला, बेलुकी ११ बजेर १४ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–ध्रुव, ४५ घडी ११ पला, बेलुकी ११ बजेर ३५ मिनेट उप्रान्त व्याघात । करण–वणिज, बिहान ८ बजेर ३४ मिनेट उप्रान्त भद्रा, बेलुकी ८ बजेर १३ मिनेट उप्रान्त बव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–सिंह ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । खाद्यान्न, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समय मध्यमय रहेकोले जनताको समर्थन पाइने छैन । घर जग्गा तथा सवारी साधन सम्बन्धी झमेला आई लाग्नेछ  । आफन्त तथा आमासँग मनमुटाब बढ्ने वा घरबाट टाढा जानु पर्ने हुन सक्छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला समय मध्यम रहेको छ । तर पनि यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) 

न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग, शेयर बजार तथा व्यापारको लगानी फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

 व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने होटल तथा खानपान सम्बन्धी व्यापारबाट लाभ लिन सकिनेछ । प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 

अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) 

लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउन निकै समय खट्नु पर्नेछ । पढाइ लेखाइमा मेहनतको खाँचो पर्ने देखिन्छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेको छ । तर पनि विदेशी लगानीबाट सञ्चालित संस्थाबाट भने मनग्गे मुनाफा कमाउन सकिनेछ । विदेश यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय फलदायी रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

 राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी जनताको समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढोत्तरीको योग रहेको छ । व्यवसाय वा शेयर बजारमा लगानी बढाइँ मनग्गे धन आर्जन गर्न सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउनेछन्  । प्राकृतिक स्रोत तथा सम्पत्तिको प्रयोग गरी आए बढाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) 

भाग्य तथा धर्म भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । पढाइ लेखाइको लागी समय उत्तम रहेको छ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रबल सम्भावना रहेको छ । किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

 भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा धोका तथा अविश्वास हुनेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । साना तिना घरेलु समस्या सुल्झाउँदा सुल्झाउँदै समय बित्नेछ । आफन्त तथा चेली माइती बिच मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । तर पनि बैक तथा वित्तीय क्षेत्रबाट नाफा कमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

 व्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यापार तथा शेयर बजारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ  । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिनेछ । कीर्तिमानी काम गरी नाम कमाउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

 इष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरू तपाईँकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडी बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरू किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

Leave a Response