
माईजोगमाई गाउँपालिकामा मेलमिलाप कर्ताहरूको लागि पुनर्ताजगी तालिम ३ वटा वडाहरू : वडा नं ३ र ४ नामसालिङ , वडा नं ६ प्याङमा सम्पन्न भएको छ ।
माईजोगमाई गाउँपालिका न्यायिक समितिको आयोजनामा प्रत्येक वडामा २/२ दिनको कार्यक्रम संचालन भएको हो ।
माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङमा सम्पन्न कार्यक्रम माईजोगमाई गाउँपालिका न्यायिक समितिका संयोजक तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको अध्यक्षता साथै माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता तथा माईजोगमाई गाउँपालिका वडा नं ६ का वडाध्यक्ष दिपेश सोङ्मी , कार्यापालिका सदस्य राम कुमारी परियार को विशेष आथित्यता तथा वडासदस्यहरू , सिता खालिङ , बिजय प्रसाद थेवे , माईजोगमाई गाउँपलिका उजुरी प्रशाशक श्याम सेम्बो , ईलामका न्यायधिवक्ता तारा घिमिरे, वडाका टोल बिकास समितिका पदाधिकारीहरू , वडाका मेलमिलापकर्ताहरू लगायतको उपस्थितिमा प्याङमा पुनर्ताजकी तालिम सम्पन्न भएको हो । माईजोगमाईको वडा नं ५ वडा नं २ र वडा नं १ मा समेत निरन्तर रूपमा यो तालिम संचालन रहने समेत उजुरी प्रशाशक श्याम सेम्बोले जानकारी दिनुभयो ।
स्थानीय तहका न्यायिक समितिहलाई मेलमिलापको जिम्मेवारी दिइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (२) ले समितिलाई केही मुद्दाको विवाद निरुपण मेलमिलापबाट गराउनु भनेको छ । सरकारी, सार्वजनिक वा सामुदायिक बाहेकको हकका जग्गा अर्कोले च्यापेर, मिचेर वा घुसाएर खाएकोमा, आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएकोमा, पति पत्नीवीचको सम्बन्धि विच्छेद, अङ्गभङ्कबाहेकको बढीमा एक बर्षसम्म कैद हुन सक्ने कुटपिटका उजुरी गाली बेइज्जती र लुटपिटका समस्या मेलमिलापबाट समाधान गर्न दिइउका मुद्दा वा उजुरीको सूची हुन् ।




