माईजोगमाईमा माघ २५ गतेदेखी २९ गते सम्म एच .पि.भि. खोप लगाईदै

माईजोगमाई गाउँपालिकामा यहि माघ २५ गतेदेखी २९ गते सम्म एच.पि.भि खोप लगाईने भएको छ । माईजोगमाई गाउँपालिकामा पालिकाका जनप्रतिनिधिहरू र स्वस्थ्य कर्मीहरूलाई यश बिषयको अन्तरक्रिया सम्पन्न गरिएको हो ।
यस बर्ष माईजोगमाईको वडा नं १ मा ३६ जना , वडा नं २ मा ५ जना , वडा नं ३ मा ८ जना वडा नं ४ मा ८ जना ,वडा नं ५ मा १५ जना , वडा नं ६ मा ८ जना ९ बर्षदेखी १४ बर्ष उमेर समुहका किशोरीहरूलाई यो खोप लगाईदै छ ।
यो खोपले क्यान्सर रोग लाग्नबाट बचाउने हुदा उक्त उमेर समुहका किसोरीहरूलाई यो खोप लगाईन्छ । माईजोगमाईमा गत बर्ष पनि यो खोप संचालन गरेको र यश बर्ष छुटेका र उमेर पुगेका किशोरीहरूमा यो खोप लगाईने र कसैलाई खोप लगाउन छुटेको भएमा स्वस्थ्य शाखामा सम्पर्क गर्नुहुन समेत स्वस्थ्य शाखा प्रमुख राम शंकर देवले बताउनुभयो ।
माईजोगमाई गाउँपालिका कार्यापालिका सदस्य अम्बर बहदुर थामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माईजोगमाई गाउँपालिकाका कार्यापालिका सदस्यहरू ,वडा सदस्यहरू,वडाका स्वस्थ्य संस्थाका प्रमुख तथा स्वस्थ्यकर्मीहरू लगायतको उपस्थितिमा पालिका स्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
एच पि भि खोप (HPV Vaccine) भनेको Human Papillomavirus (HPV) बाट हुने संक्रमण र त्यसका गम्भीर असरहरूबाट जोगिन लगाइने खोप हो।
HPV के हो ?
HPV एक प्रकारको भाइरस हो, जुन प्रायः यौन सम्पर्कबाट सर्छ। यसको केही प्रकारले:
महिलामा गर्भाशयको मुख (Cervix) को क्यान्सर , पुरुष र महिलामा गुप्ताङ्गको क्यान्सर ,गुप्ताङ्गमा मासु उम्रिने (genital warts) जस्ता समस्या गराउन सक्छ।





