राेङका ४० बर्ष माथि र सबै बिद्यार्थीहरुकाे करिव डेढमहिना लगाएर आखा र कानकाे परिक्षण गरिएकाे छ ।
पालिकाभरिका ६ वटै वडाहरुमा बिभिन्न २७ स्थानमा करिव दशहजार नागरिकहरुकाे आखा र कानकाे समस्याहरु पहिचानगरि उपचार गरिने लक्ष्यसाथ ३ हजार ८ सय चारजनामा गरिएकाे परिक्षणमा२३४ जनाको अप्रेसन ( विभिन्न समस्याको ) गर्नु पर्ने देखिएको हो। नेपाल नेत्र ज्याेतिसघ ईलाम,बिराटनगर आखा अस्पताल र राेङ गाउपालिकाे अायाेजनामा भएकाे शिबिरमा थप उपचार गर्नुपर्ने राेगिहरुकाे लागि पालिका स्तरमा चाडै शिबिरको आयोजना गरि अप्रेसन गर्ने तयारी भईरहेकाे छ। ४५ दिन लामो आँखा कान शिबिर सम्पन्न १० हजार नागरिकलाई परिक्षण गर्ने हाम्रो लक्ष्य भएता पनि ३८०४ जना मात्रलाई परिक्षण गर्न भएकाेमा आगामी कार्यक्रमा यसलाई सुधारेर लैजान सबै सक्रिय हुन जरुरी छ।
शिशिरमा आखाको समस्या हरु (अप्रेसन गर्नु पर्नेदेखिएकाे छ ।
शिबिरमा भेटिएका राेगकाे पालिका स्तरमा चाडै शिबिरको आयोजना गरि अप्रेसन गर्ने तयारी छ।
१० हजार नागरिकलाई परिक्षण गर्ने हाम्रो लक्ष्य भएता पनि ३८०४ जना मात्रलाई परिक्षण गर्न सफल भएका छौ। आगामी कार्यक्रमा यसलाई सुधारेर लैजान राेङ गाउपालिका सक्रिय रहेकाे छ।
आखाको समस्या हरु मा २६० जनामा मोति बिन्दु समस्या देखा परेको छ जस मध्ये ११६ जनाको अप्रेशन नै गर्नु पर्नेछ। शिबिरको आयोजना गरि सबैको निशुल्क उपचार गरिनेछ।मासु पलाएको ( Pterygium ) ८८ जनामा देखिएको छ जस मध्ये ३६ जनाको अप्रेसन गर्नै पर्ने देखिन्छ।
आँखाकाेजल बिन्दु ( Glacoma squint ptosis ) २७ जनामा समस्या देखिएको र जस मध्ये कतिजनाको अप्रेसन गर्नु पर्ने हो सो को लागि थप अस्पतालमा परिक्षण गरि अस्पताल मै अप्रेसन गरिनेछ। यो समस्या आखाको प्रेसरले आखाको नसा सुक्दै जान्छ र ज्योती गुमे पछि फर्काउनसकिदैन त्यसकारण यसलाई जटिल रुपमा हेरिएको छ। आखाको उपचार मध्ये यो खर्चालु उपचारमा पर्दछ।आखाको पर्दामा समस्या ( Retinal disease २८ जनामा यो समस्या देखा परेको छ । यो समस्याको समेत शिबिरबाट उपचार गर्न सकिँदन, अस्पताल नै जानू पर्ने हुन्छ।टेडो आँखा ( Squint २० जनामा यो समस्या देखा परेको छ। यो अप्रेसन पनि शिबिरमा गर्न सकिँदन तर अस्पतालमा निशुल्क हुनेछ ।आखाको नलि बन्द ( Cronic Dacryocystis )
४ जनामा यो समस्या देखा परेको छ। यो समस्याको उपचार अस्पतालमा नै हुनेछ ।आखाको लोति तल झर्ने ( Ptosis ) ३ जनामा यो समस्या देखा परेको छ। यो समस्याको उपचार अस्पतालमा नै हुनेछ ।
शिबिरमा भेटिएका आखाको अन्य समस्याहरुमा दुर तथा अदुर दृष्टि समस्या ( Refractive error ) ६२७ जनाको समस्या देखिएको र सबैले चस्मा लगाउनु पर्ने छ।दुरदृष्टि ( Pressbyopia )
२९७ जनाको समस्या देखिएको र सबैले चस्मा लगाउनु पर्ने छ।आखामा बोसो जमेको ( Pseudophakia ) २८ जनामा यो समस्या देखा परेको छ। यो समस्याको औषधि ले नै समाधान हुनेछ । सुख्खा आँखा ( Dry eyes )
३५ जनामा यो समस्या देखा परेको छ। यो समस्याको औषधिले नै समाधान हुनेछ । आँखा पाकेको ( Congunctivitis ) १०९ जनामा यो समस्या देखा परेको छ। यो समस्याको औषधिले नै समाधान हुनेछ ।आखाको आनो ( Stye ) ५ जनामा यो समस्या देखा परेको छ। यो समस्याको औषधिले नै समाधान हुनेछ ।आँखा नानीमा दाग ( Corneal scar ) १५ जनामा यो समस्या देखा परेको छ। यो समस्याको समाधान तथा रोकथाम औषधिले नै गर्नेछ।यो समस्या ठूलो भएमा अर्को आँखा नै लगाउनु पर्ने हुन्छ। अल्छी आँखा ( Amblyopia ) ५ जनामा यो समस्या देखा परेको छ। यो समस्याको औषधि , थेरापी , चस्मा नै समाधान / रोकथामको उपाय हो । ५ जना मध्ये २ जना १२ बर्ष मुनि उमेर रहेको हुनाले थेरापी मार्फत निर्मुल गर्न सकिन्छ। १२/१३ बर्ष भन्दा माथी उमेर भएको को हकमा निर्मुल हुदैन।आँखा नानीमा घाउ ( (Corneal ulcer ) ३ जनामा यो समस्या देखा परेको छ। यो समस्याको उपचारको लागि रेफर गरिएको छ। तुरुन्त उपचार नभए ठूलो समस्या आउने हुन सक्छ ।आँखा हल्लिने ( Nystagmus ) २ जनामा यो समस्या देखा परेको छ। यो समस्या समाधान हुनेछैन , चस्मा प्रयोग गर्न सकिनेछ । यसैगरि शिबिरमा भेटिएका कानको समस्या कानेकुजी ( Wax )
७० जनामा यो समस्या देखा परेको छ। कानको बाहिरी भागमा घाउ ( Acute otitis media ७ जनामा यो समस्या देखा परेको छ। कानको जालिमा प्वाल ( CSOM ) ४७ जनामा यो समस्या देखा परेको छ। औषधि र सवाधानी मुख्य उपाय हो भने धेरै पाकेमा अप्रेसन नै गर्नु पर्नेछ।कानमा ढुसी ( Otomycosis ५ जनामा यो समस्या देखा परेको छ। कान कम सुन्ने ( Hairing loss १५६ जनामा यो समस्या देखा परेको छ।
भदाै ४ गतेदेखी असाेज १७ गतेसम्म सचालित शिबिरमा केहिदिन माैसमी असहजताले पनि अपेक्षित सहभागिता हुन नसकेकाे यो अभियानमा सहयोग पुर्याउनुहुने ” नेपाल नेत्र ज्योती संघ ” , बिराटनगर आँखा अस्पताल , रोङ स्वस्थ्य कर्मी हरु , सबै जनप्रतिनिधि ,स्वास्थ्यकर्मी , स्वयंसेवीका हरु , स्थानिय समाजसेवी,शिक्षक बिध्याथी सबैप्रति राेङ गाउपालिका स्वास्थ्य शाखा अाभारी रहेकाे राेङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्ले बताए ।