पाँचथरको फालेलुङ गाउँपालिका-५, प्राङबुङमा हिजो दिउॅसोको विष्फोटमा घाइते भएका एकै परिवारका दाजुबहिनी बालबालिकाको मृत्यु भएको छ ।
स्थानीय दिलीप साॅवाका छोरा ११ वर्षे दिप्सन र दिप्सनकै बहिनी अढाई वर्षीया प्रिन्साको मृत्यु भएको हो ।
थप उपचारका लागि झापा लैजानेक्रममा इलाम पुगेपछि प्रिन्साको राति १० बजे र दिप्सनको बिएन्डसी अस्पतालमा राति १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतराज केरुङको घरमा ग्रिनेड विष्फोट भएको हो। घटनामा ९ वर्षे पवन राई पनि सामान्य घाइते छन् ।
add a comment